कैलालीमा तीन बालिकाको पानीमा डुबेर मृत्यु

Published on

काठमाडौं । कैलालीको जानकी गाउँपालिकामा तीन बालिकाको पानीमा डुबेर मृत्यु भएको छ। रानी जमरा सिँचाइ प्रणाली अन्तर्गतको कुलरिया नदीमा पौडी खेल्ने क्रममा उनीहरूको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार मृत्यु हुनेमा जानकी गाउँपालिका–५ नवलपुरकी १२ वर्षीया सुलोचना उपाध्याय, १० वर्षीया निषा बजगाई र ८ वर्षीया मानसी बजगाई रहेका छन्।

शुक्रबार मध्यान्ह पौडी खेल्ने क्रममा एक बालिका नदीमा डुबेपछि बाँकी दुई जना उद्धार गर्न जाँदा तिनै जना बेपत्ता भएका थिए। स्थानीयवासीले घटनास्थलमा पुगेर खोजी गरी टीकापुर अस्पताल पुर्‍याए पनि चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए।

मृतक निषा र मानसी बजगाई दिदीबहिनी हुन्। तिहारको अवसरमा उनीहरू टीकापुर नगरपालिका–१ ब्लक नं. १० स्थित मामाको घर गएका थिए। सुलोचना उपाध्याय बजगाई दिदीबहिनीकी मामाकी छोरी थिइन्।

दिदीबहिनी जनजागृति माध्यमिक विद्यालय, टीकापुरमा कक्षा ५ मा अध्ययनरत रहेको विद्यालय स्रोतले जनाएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...