पोखरामा विवादका क्रममा चक्कु प्रहार, एक जनाको मृत्यु

Published on

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–५ पस्र्याङमा शुक्रबार राति भएको विवादका क्रममा एक जनाको चक्कु प्रहार गरी हत्या भएको छ। घटनामा संलग्न आरोपमा पोखरा–१८ सराङकोट घर भई हाल मालेपाटन बस्ने २४ वर्षीय किशोर तिमिल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक ४४ वर्षीय अनिल पराजुली सोही क्षेत्रका बासिन्दा हुन्।

शनिबार बिहान करिब ३ बजेतिर पोखरा–५ चिल्डेल पार्कनजिक पराजुली अचेत अवस्थामा फेला परेपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरी उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएको थियो। तर, पौने ४ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार तिमिल्सिना र पराजुलीबीच सामान्य विवाद हुँदा चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको डेढ घन्टापछि तिमिल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएर घटनामा प्रयोग गरिएको चक्कु समेत बरामद गरेको जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...