अमेरिकाद्वारा नेपाललाई २६३ रनको लक्ष्य

Published on

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपाललाई २६३ रनको चुनौती दिएको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा आइतबार भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अमेरिकाले पहिले ब्याटिङ गरेको थियो। अमेरिकाका स्मित पटेल र मिलन्दु कुमारले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरे। पटेलले सय बलमा नौ चौकाको मद्दतले ७५ रन बनाउँदा, मिलन्दुले ५० बलमा नटआउट ७० रन योगदान दिए।

नेपालले सुरुका १० ओभरमा कडाइका साथ बलिङ गरे पनि त्यसपछि अमेरिकी ब्याट्सम्यानहरूले लय समात्दै रन गति बढाएका थिए। निर्धारित ५० ओभरमा अमेरिकाले ६ विकेटको क्षतिमा २६२ रनको योगफल बनायो। नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा, सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे। अब नेपालले केही बेरमा लक्ष्य पछ्याउँदै ब्याटिङ थाल्नेछ। त्रिकोणात्मक शृङ्खलामा नेपाल, अमेरिका र युएई सहभागी छन्। हाल लिग–२ मा नेपाल १६ खेलबाट १२ अंकसहित सातौँ स्थानमा रहेको छ भने अमेरिका २० खेलमा २८ अंकसहित दोस्रो स्थानमा छ।

लिग–२ अन्तर्गत आठ राष्ट्रले नौ शृङ्खलामा जम्मा ३६ खेल खेल्ने छन्। शीर्ष चार टोली सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा सोझै प्रवेश गर्नेछन्। नेपालको आजको प्लेइङ–११ मा कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, गुलशनकुमार झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन्।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...