सञ्चालनमा आएन हिल्साको मैत्री पुल

Published on

काठमाडौं । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको एक वर्ष भइसक्दा पनि मैत्री पुल अझै सञ्चालनमा आउन सकेको छैन । चिनियाँ पक्षले निर्माण पूरा गरेको सो पुल सञ्चालनका लागि आवश्यक प्रक्रिया भइरहेका कारण सञ्चाल आउन नसकेको हो ।

गत वर्ष मङ्सिरमा दुई देशको सिमामा कर्णाली नदीमाथि सो मैत्री पुल निर्माण सम्पन्न भएको थियो । एक वर्ष बितिसक्दा पनि हालसम्म सञ्चालनमा आउन नसकेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताउनुभयो । 

निर्माण भएको पुल सञ्चालनमा आउन नसक्नुको कारणबारे हिल्साकै चिनियाँ कस्टमका अधिकारीसँग जिज्ञासा राख्दा मैत्री पुल सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गर्न केन्द्रमा लेखी पठाएको उहाँले बताउनुभयो । उक्त पुल सञ्चालनमा नआउँदा हिल्साबाट ताक्लाकोट आवागमनमा पैदलै हिँड्नुपर्ने अवस्था छ । नेपालका तर्फबाट सो मैत्री पुल निर्माण गर्दा समन्वयको जिम्मा पाएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले पुल सञ्चालनबारे आफूलाई कुनै जानकारी नआएको बताउनुभयो । चिनियाँ पक्षबाट कुनै जानकारी नआएका कारण पुल सञ्चालनबारे केही भन्न नसकिने उहाँले जनाउनुभयो । उहाँले निर्माण गरिएको पुललाई चाँडो सञ्चालनमा ल्याउन पनि चिनियाँँ पक्षसँग आग्रह गर्नुभयो । १२० मिटर लामो सो मैत्री पुल सम्पूर्ण रूपमा निर्माण पूरा भएर पनि त्यत्तिकै छ । 

मैत्री पुल चिनियाँ पक्षले एक वर्षको अवधिमा निर्माण पुरा गर्ने गरी काम सुरु गरिएकोमा छ महिनामै बनाएको हो । पुल निर्माणका क्रममा चिनियाँ पक्षले नेपाली भूमिमा पुलको अन्तिम विन्दुबाट ३५० मिटर लम्बाइ र आठ मिटर चौडाइ कालोपत्रे सडक पनि निर्माण गरिसकेको छ । सो काम गत भदौमा १४ दिनमै गरिएको थियो । हिउँदे मौसम सुरु भइसकेका कारण अब हिउँ परेपछि पुल सञ्चालनमा आउने सम्भावना कमै रहेको स्थानीयले बताएका छन् ।   गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...