नेपाली बजारमा फेरि सुनको मूल्य घट्यो

Published on

काठमाडौं । नेपाली बजारमा मङ्गलबार पनि सुनको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा आज प्रतितोला २ हजार ९ सय रुपैयाँले मूल्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने यसको मूल्य २ लाख ३९ हजार ९ सय रुपैयाँ थियो।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ६० रुपैयाँले घटेर २९२० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला २९८० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको गिरावटसँगै यसको असर नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ। तिहारपछि मात्रै सुनको मूल्य प्रतितोला १६ हजार ५ सय रुपैयाँले घटिसकेको छ।

असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दु २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ। सोही दिन चाँदीको मूल्य पनि प्रतितोला ३३५० रुपैयाँ पुगेको थियो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...