जापानमा भालुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दश पुग्यो

Published on

काठमाडौं । जापानमा आर्थिक वर्ष सन् २०२५ मा भालु आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या दश जना पुगेको रेकर्ड गरिएको छ । पछिल्लो समयमा जापानमा भालुसँग सम्बन्धित घटनामा वृद्धि भएको वातावरण मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा अहिलेसम्म भालु आक्रमणमा एक सयभन्दा बढी मानिस परेका छन् । भालु आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आर्थिक वर्ष सन् २००६ बाट रेकर्ड राख्न सुरु गरिएकोमा सबैभन्दा बढी पछिल्लो वर्षमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो घटना गत शुक्रबार उत्तरपूर्वी जापानको अकिता प्रान्तको एउटा गाउँमा भालुले ३८ वर्षीय व्यक्तिलाई आक्रमण गरी मारेको थियो ।

अकिता प्रान्तमा बासिन्दालाई भालुको आक्रमणबाट मानिसलाई जोगाउन सेनाको सहयोगको आह्वानसमेत गरिएको छ । आक्रमणको अवस्था प्रान्तीय तथा स्थानीय सरकारले नियन्त्रण गर्न नसक्ने स्थितिमा पुगेको  गभर्नर केन्टा सुजुकीले सामाजिक सञ्जालमार्फत जनाउनुभएको छ । छिमेकी प्रान्त इवाटेमा अप्रिलदेखि ३० जनाभन्दा बढी मानिस भालुकाे आक्रमणमा परेको जनाइएको छ । रासस/सिन्ह्वा 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...