पाँच वटा छोटा सडक कालोपत्र र ढलान

Published on

काठमाडौं । बागलुङ नगरपालिकाले नगर भित्रका पाँच वटा साना सडक कालोपत्र र ढालन गर्न थालेको छ । उक्त सडक कात्तिक भित्रै सम्पन्न गर्नेगरी कालोपत्र र ढलानको काम एक साथ सुरु गरिएको छ ।

साना तथा टुक्रे सडक जीर्ण भएपछि कुरुप बन्दै गएको बागलुङ बजारका भित्री सडक कालोपत्र गर्न थालेको हो । नगरपालिकाले बागलुङ नगरपालिका–४ उपल्लाचौरको आर्मी व्यारेक देखि रेड एप्पल होटलसम्मको सडक कालोपत्र गर्न थालेको छ भने बागलुङ नगरपालिका–६ स्थित चसेपानीमा सडक ढलान गरिरहेको छ ।

यस्तै नगरपालिकाले बागलुङ बजारको हल्लनचोकदेखि बुद्धबिहार चोकसम्मको सडक कालोपत्र, ट्राफिक कार्यालयदेखि बागलुङ नगरपालिकाको कार्यालय सम्मको सडक कालोपत्र र देउरालीचोक सम्मको सडक ढलान गर्ने तयारी थालिएको छ । 
यस्तै नगरपालिकाले बागलुङ बजारका सबै खाल्टाखुल्टी पुर्नका लागि समेत सडक कालोपत्र गर्ने काम सघैँ अघि बढाएको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिनुभयो ।

नगरपालिकाले एक करोड ८ लाख लागतमा ठेक्का सम्झौता गरी बजार क्षेत्रको खाल्टाखुल्टी सडक मर्मत गर्ने र पाँच वटा साना सडक छुट्टा÷छुट्टै सडक कालोपत्र र ढलान गर्न थालेको हो । २०८२ वैशाखमा लिला निर्माण सेवासँग बागलुङ नगरपालिकाले यही कात्तिक मसान्त भित्र कालोपत्र र ढलान सक्नेगरी सम्झौता गरिएको थियो ।

असार अघिनै कालोपत्रको तयारी थालेपनि वर्षाका कारण रोकिएको थियो । कालोपत्र उप्किएर बागलुङ बजारका विभिन्न सडकमा खाल्टाखुल्टी परेकाले यही ठेक्का मार्फत खाल्टाखुल्टीमा समेत कालोपत्र गर्ने कार्य गरिने छ ।

नगरपालिकाले बजार क्षेत्रमा वर्षेनी एक करोड माथीको लागतमा सडक मर्मत तथा खाल्टाखुल्टी पुर्दै आएको भए पनि नाली साँघुरो हुँदा वर्खामा सडक बिग्रने गरेको छ । नगरपालिकाले बागलुङ बजारमा आउने भल निकासीका लागि रातमाटादेखिनै यही वर्षमा काम गर्ने बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...