नर्सको आन्दोलन जारी

Published on

काठमाडौं । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ स्टाफले आफ्नो माग पूरा नभएपछि सुरु गरेको आन्दोलन मङ्गलबार पनि निरन्तर जारी राखेका छन् । 

कात्तिक २ देखि सुरु गरिएको यो आन्दोलन अन्तर्गत नर्स दैनिक रूपमा अस्पतालपरिसरमा प्लेकार्डसहित धर्ना र नाराबाजी गरिरहेका छन् । उनीहरूले नेपाल सरकारले तोकेको तलब सुविधा कार्यान्वयन नगरेको र आफ्ना अधिकारमाथि बेवास्ता भएको आरोप लगाएका छन् । 

नेपाल सरकारले तोके अनुसारको तलब पाउनुपर्ने, अतिरिक्त कार्य भत्ताको व्यवस्था हुनुपर्ने, करार सम्झौता गरेर मात्रै सेवामा लगाउनुपर्ने, ज्यालादारी प्रणाली अन्त्य गर्नुपर्ने, अनुभवको पत्र उपलब्ध गराउनुपर्ने र सबै पारिश्रमिक बैङ्किङ प्रणालीमार्फत मात्र उपलब्ध गराउनुपर्नेलगायतका विषय छन् । 

आन्दोलनरत नर्सहरूले सरकारले अदक्ष श्रमिकका लागि समेत न्यूनतम १९ हजार ५५० रुपियाँ तलब तोके पनि आफूहरूले त्यसभन्दा कम पारिश्रमिक पाउँदै आएको गुनासो गरेका छन् । उनीहरूले मागसम्बन्धी ज्ञापनपत्र बुझाएपछि काम बहिष्कार गर्दै आन्दोलन सुरु गरेका हुन् । 

अस्पताल प्रशासन र आन्दोलनरत पक्षबिच सोमबार वार्ता भए पनि कुनै सहमति हुन सकेको छैन । अस्पतालका सूचना अधिकारी सुशील गुरुङका अनुसार आन्दोलनका कारण नयाँ भर्ना र आकस्मिक (इमर्जेन्सी) सेवामा समस्या आएको छ भने ओपिडी सेवा भने सञ्चालनमा रहेको छ । 

गुरुङले स्वास्थ्य मन्त्रालयले गठन गरेको तलब पुनरवलोकनसम्बन्धी समितिको रिपोर्ट लिएपछि त्यसका आधारमा तलब समायोजन गर्न अस्पताल तयार रहेको स्पष्ट पार्नुभयो । आन्दोलनमा रहेका नर्सले कात्तिक १८ सम्म आन्दोलन निरन्तर गर्ने र त्यसपछि केन्द्रको निर्देशन अनुसार निर्णय लिने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले २०८१ मङ्सिर २७ गते निजी अस्पताललाई पनि सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी बराबर तलब भत्ता उपलब्ध गराउन निर्देशनात्मक पत्र पठाएको थियो तर सो निर्णय कार्यान्वयन नगरेपछि देशभरका नर्स र स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन् ।गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...