सडक निर्माणमा लापर्बाही

Published on

काठमाडौं । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क चिडियाखोलासम्मको सडक निर्माण कम्पनीको चरम लापर्बाहीका कारण नौ वर्षमा पनि पूरा नहुँदा म्याद थप्ने तयारी भइरहेको छ । २०७३ चैत १७ बाट सुरु भएको यो सडक विस्तारको काम सुरुमा दी कञ्चनजङ्घा बिरुवा जेभीले ५३ करोड ९७ लाख ९९ हजार रुपियाँमा ठेक्का लिएर काम सुरु गरेको थियो । पाँच पटक म्याद थप्दा पनि काम पूरा नभएपछि २०८० वैशाखमा सरकारले ठेक्का रद्द गरेको थियो । 

पहिलो ठेक्का तोडिएर दोस्रो पटक टेन्डर गरिएको यो सडक गत वर्ष असोजमा पुनः ठेक्का भयो । एक वर्षमा निर्माण गर्ने भनिएको यो सडक सम्झौता अनुसार यस पटक पनि समयमा सम्पन्न हुन नसकेपछि फेरि म्याद थप्ने प्रक्रिया अघि बढाइएको हो । साढे तीन किलोमिटर सडक सात वर्षमा पनि निर्माण नगरेपछि पुरानो ठेक्का सम्झौता रद्द गरी बाबुल दर्शन मालिका जेभीले गत वर्षको असोजमा नयाँ टेन्डरमार्फत निर्माणको जिम्मा पाएको थियो । 

सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले पुरानो निर्माण कम्पनी बिरुवा जेभी कन्स्ट्रक्सन प्रालिले साढे तीन किलोमिटर सडक सात वर्षमा पनि निर्माण सम्पन्न नगरी आलटाल गरेपछि ठेक्का तोडेर नयाँ ठेक्कामार्फत बाबुल दर्शन मालिका जेभीले गत वर्ष निर्माणको जिम्मा पाएको बताउनुभयो । सम्झौता अनुसार भ्याटसहित ३३ करोड रुपियाँमा निर्माणको जिम्मा पाएको बाबुल दर्शन मालिका जेभीसँग २०८२ असोज १८ भित्र काम पूरा गर्ने सहमति भएको थियो । सूचना अधिकारी लम्सालले ठेकेदार बाबुल खानको निधनपछि निर्माण कार्यमा ढिलाइ भएको बताउनुभयो । लम्सालले हालसम्म ४८ प्रतिशत मात्र भौतिक प्रगति भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अब २०८२ चैतसम्मको लागि म्याद थप गर्ने तयारी भइरहेको छ । साढे तीन किलोमिटर लामो यो सडकखण्ड पानी पर्दा हिलाम्मे र सुक्खा मौसममा धुलाम्मे हुने गरेको स्थानीयको गुनासो छ । 

उहाँले ठेकेदारका प्रतिनिधिले आगामी छ महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएपछि चैतसम्म म्याद थप्ने तयारी भएको बताउनुभयो । सडक डिभिजन कार्यालय बुटवलले यो सडक अन्तर्राष्ट्रियस्तरको अस्फाल्ट प्रविधिबाट पिच गर्ने योजना रहेको जनाएको छ । उक्त सडक छ लेनमा र पार्किङ व्यवस्थापनसमेत मिल्ने गरी नयाँ डिजाइन गरेर काम अगाडि बढाइएको हो भने सडकको फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रिन बेल्ट साथै स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुने छ ।गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...