सडक निर्माणमा लापर्बाही

Published on

काठमाडौं । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क चिडियाखोलासम्मको सडक निर्माण कम्पनीको चरम लापर्बाहीका कारण नौ वर्षमा पनि पूरा नहुँदा म्याद थप्ने तयारी भइरहेको छ । २०७३ चैत १७ बाट सुरु भएको यो सडक विस्तारको काम सुरुमा दी कञ्चनजङ्घा बिरुवा जेभीले ५३ करोड ९७ लाख ९९ हजार रुपियाँमा ठेक्का लिएर काम सुरु गरेको थियो । पाँच पटक म्याद थप्दा पनि काम पूरा नभएपछि २०८० वैशाखमा सरकारले ठेक्का रद्द गरेको थियो । 

पहिलो ठेक्का तोडिएर दोस्रो पटक टेन्डर गरिएको यो सडक गत वर्ष असोजमा पुनः ठेक्का भयो । एक वर्षमा निर्माण गर्ने भनिएको यो सडक सम्झौता अनुसार यस पटक पनि समयमा सम्पन्न हुन नसकेपछि फेरि म्याद थप्ने प्रक्रिया अघि बढाइएको हो । साढे तीन किलोमिटर सडक सात वर्षमा पनि निर्माण नगरेपछि पुरानो ठेक्का सम्झौता रद्द गरी बाबुल दर्शन मालिका जेभीले गत वर्षको असोजमा नयाँ टेन्डरमार्फत निर्माणको जिम्मा पाएको थियो । 

सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले पुरानो निर्माण कम्पनी बिरुवा जेभी कन्स्ट्रक्सन प्रालिले साढे तीन किलोमिटर सडक सात वर्षमा पनि निर्माण सम्पन्न नगरी आलटाल गरेपछि ठेक्का तोडेर नयाँ ठेक्कामार्फत बाबुल दर्शन मालिका जेभीले गत वर्ष निर्माणको जिम्मा पाएको बताउनुभयो । सम्झौता अनुसार भ्याटसहित ३३ करोड रुपियाँमा निर्माणको जिम्मा पाएको बाबुल दर्शन मालिका जेभीसँग २०८२ असोज १८ भित्र काम पूरा गर्ने सहमति भएको थियो । सूचना अधिकारी लम्सालले ठेकेदार बाबुल खानको निधनपछि निर्माण कार्यमा ढिलाइ भएको बताउनुभयो । लम्सालले हालसम्म ४८ प्रतिशत मात्र भौतिक प्रगति भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अब २०८२ चैतसम्मको लागि म्याद थप गर्ने तयारी भइरहेको छ । साढे तीन किलोमिटर लामो यो सडकखण्ड पानी पर्दा हिलाम्मे र सुक्खा मौसममा धुलाम्मे हुने गरेको स्थानीयको गुनासो छ । 

उहाँले ठेकेदारका प्रतिनिधिले आगामी छ महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएपछि चैतसम्म म्याद थप्ने तयारी भएको बताउनुभयो । सडक डिभिजन कार्यालय बुटवलले यो सडक अन्तर्राष्ट्रियस्तरको अस्फाल्ट प्रविधिबाट पिच गर्ने योजना रहेको जनाएको छ । उक्त सडक छ लेनमा र पार्किङ व्यवस्थापनसमेत मिल्ने गरी नयाँ डिजाइन गरेर काम अगाडि बढाइएको हो भने सडकको फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रिन बेल्ट साथै स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुने छ ।गोरखापत्र

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...