प्रधानमन्त्री कार्कीद्वारा सरकार, दल र जेनजीबीच त्रिपक्षीय संवाद आह्वान

Published on

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू तथा जेनजीका प्रतिनिधिबीच त्रिपक्षीय संवाद आह्वान गर्नुभएको छ । भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि गठित सरकारले पहिलोपटक यस्तो संवाद सुरु गर्न लागेको हो ।

प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनका लागि आवश्यक वातावरण बनाउन राजनीतिक दल र सम्बद्ध पक्षहरूसँग निरन्तर वार्ता र छलफल गरिरहनुभएको छ । सोही क्रममा उहाँको आह्वानमा आज (बुधबार) अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिबीच निर्वाचनकेन्द्रित संयुक्त बैठक बस्नेछ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार आगामी निर्वाचनलाई सफल र निष्पक्ष बनाउन पहिलो पटक त्रिपक्षीय संवाद आयोजना गरिएको हो । उहाँले निर्वाचन तयारीका लागि राजनीतिक दल र अन्य सरोकारवाला पक्षहरूसँग चरणबद्ध छलफल भइरहेको जानकारी दिनुभयो ।

यसअघि कात्तिक ४ गते प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग पनि संवाद गर्नुभएको थियो । उक्त बैठकमा दलहरूले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सरकारलाई आवश्यक तयारी तीव्र बनाउन आग्रह गरेका थिए ।

प्रधानमन्त्री कार्कीले जेनजीका प्रतिनिधिसहित विभिन्न पक्षसँग पनि निरन्तर सम्पर्क राख्दै निर्वाचन तयारीका काम अघि बढाइरहनुभएको छ । सरकारले निर्वाचन आयोगसँग प्राविधिक र व्यवस्थापकीय तयारीबारे छलफल गरी गृहकार्य अघि बढाइसकेको छ भने आयोगले पनि आफ्नो क्षेत्राधिकारभित्रका तयारी कार्य सुरु गरेको जनाएको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...