सिमान्तकृत आठपहरिया जातिको ठुलो चाड वडाङ्मेट सुरु

Published on

काठमाडौं । धनकुटा नगरपालिका क्षेत्रमा मुख्य बसोबास रहेको सिमान्तकृत आठपहरिया जातिको मुख्य चाड वडाङ्मी (मङ्सिरे) सुरु भएको छ । आठपहरिया जातिको मुख्य चाडको रूपमा रहेको वडाङ्मेट बिहीबार आठपहरियाको ठुलो घर अर्थात ५२ चुले घरमा माङ्लाङ् उठाएपछि चाड सुरु भएको आठपहरीयाका पुजारी उमेश राइले जानकारी दिनुभयो ।

जसअन्तर्गत उनीहरु आइतबार धनकुटाबाट बराह क्षेत्रतर्फ प्रस्थान गरेका छन् । पैदल यात्रामार्फत उनिहरु दुइ दिन लगाएर बराहक्षेत्र पुग्ने गरेका छन् । आज सिमालीवासमा बास बसी सोमबार बराहक्षेत्र पुगेर कोकाहा खोलामा कपाल दाह्री खौरिएर स्नान गरेर बराह भगवानको दर्शन गरेर सोही ठाउँमा बास बस्रे र मङ्गलबार देउता लिएर फर्की धनकुटा नगरपालिका वडा नं. ९ मूलघाटमा बास बसेर बुधबार घर आइपुग्ने आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले जानकारी दिनुभयो । यस्तै धनकुटामै हुनेले मङ्गलबार मार्गा पूजा गर्ने उहाँले बताउनुभयो ।

बुधबार अर्थात पूर्णिमाको दिन बिहान घर आएपछि दुःखको कर्म फुकाउने काम हुन्छ । यससँगै भोज खुवाउने र नाचगान गर्ने प्रचलन छ । यो क्रम औँसीसम्म जारी रहन्छ । चाडका अवसरमा आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात् पुस्ताको डल्ले नाच नाच्ने चलन छ । आठपहरिया जातिको वैशाखे, भदौरे र मङ्सिरे गरी तीनमध्ये वडाङ्मेट अर्थात मङ्सिरे चाड महत्त्वपूर्ण चाड हो । गोरखापत्र

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...