सिमान्तकृत आठपहरिया जातिको ठुलो चाड वडाङ्मेट सुरु

Published on

काठमाडौं । धनकुटा नगरपालिका क्षेत्रमा मुख्य बसोबास रहेको सिमान्तकृत आठपहरिया जातिको मुख्य चाड वडाङ्मी (मङ्सिरे) सुरु भएको छ । आठपहरिया जातिको मुख्य चाडको रूपमा रहेको वडाङ्मेट बिहीबार आठपहरियाको ठुलो घर अर्थात ५२ चुले घरमा माङ्लाङ् उठाएपछि चाड सुरु भएको आठपहरीयाका पुजारी उमेश राइले जानकारी दिनुभयो ।

जसअन्तर्गत उनीहरु आइतबार धनकुटाबाट बराह क्षेत्रतर्फ प्रस्थान गरेका छन् । पैदल यात्रामार्फत उनिहरु दुइ दिन लगाएर बराहक्षेत्र पुग्ने गरेका छन् । आज सिमालीवासमा बास बसी सोमबार बराहक्षेत्र पुगेर कोकाहा खोलामा कपाल दाह्री खौरिएर स्नान गरेर बराह भगवानको दर्शन गरेर सोही ठाउँमा बास बस्रे र मङ्गलबार देउता लिएर फर्की धनकुटा नगरपालिका वडा नं. ९ मूलघाटमा बास बसेर बुधबार घर आइपुग्ने आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले जानकारी दिनुभयो । यस्तै धनकुटामै हुनेले मङ्गलबार मार्गा पूजा गर्ने उहाँले बताउनुभयो ।

बुधबार अर्थात पूर्णिमाको दिन बिहान घर आएपछि दुःखको कर्म फुकाउने काम हुन्छ । यससँगै भोज खुवाउने र नाचगान गर्ने प्रचलन छ । यो क्रम औँसीसम्म जारी रहन्छ । चाडका अवसरमा आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात् पुस्ताको डल्ले नाच नाच्ने चलन छ । आठपहरिया जातिको वैशाखे, भदौरे र मङ्सिरे गरी तीनमध्ये वडाङ्मेट अर्थात मङ्सिरे चाड महत्त्वपूर्ण चाड हो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...