एनपीएलको ट्रफी टुर सुदुरपश्चिममा पुग्यो

Published on

काठमाडौं । सुदूरपश्चिममा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टीकापुर पुगेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले कैलालीको टीकापुरस्थित पर्यटकीय स्थल टीकापुर पार्कको महेन्द्र आरोग्य गृह अगाडिबाट शुक्रबार ट्रफी टुरको सुरुवात गर्नुभएको हो ।  

देशको छ वटै प्रदेशमा टुर सकिएपछि सुदूरपश्चिममा ट्रफी पुगेको छ । ‘क्रिकेटका कारण नेपाललाई विश्वभर चिनाएकाले क्रिकेटलाई माया गर्न आग्रह गर्दछु’ अध्यक्ष चन्दले भन्नुभयो, ‘सुदूुरपश्चिम क्रिकेटको उर्भरभूमि भएकाले यो ट्रफी टुरको महत्व छ ।’ 

टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारुले एनपीएलको ट्रफी टुर सुदूरपश्चिममा पुग्नु र टीकापुुरबाट सुरु हुनु टीकापुरका लागि गौरवको विषय भएको बताउनुभयो । कैलालीको टीकापुर पार्कबाट सुरु भएको ट्रफी टुर पहिलो दिन टीकापुर बजार हुँदै, कैलालीको चिसापानी, लम्की, बौनिया, सुखड, मसुरिया, चौमाला, अत्तरिया हुँदै कञ्चनपुरको महेन्द्रनगर पुग्ने र दोस्रो दिन कैलालीको धनगढी अत्तरिया लगायतका स्थानमा ट्रफी टुरको र्‍याली निकालिने सुदूरपश्चिम रोयल्सले जानकारी दिएको छ ।

सुदुरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले गएको वर्ष दोस्रो भएकोमा यस वर्ष सुदूरपश्चिम रोयल्स प्रथम हुने आशाका साथ मैदानमा उत्रिने बताउनुभयो । विभिन्न स्थानमा पुगेर स्थानीय समर्थकहरूसँग भेटघाट गर्ने र प्रतियोगिताको उत्साह बाँड्ने उद्देश्यले भएको टुरमा क्रिकेटप्रेमीहरुको सहभागिता रहेको छ । ट्रफी टुरको सुरुवात गर्ने क्रममा स्थानीयहरुले थारु संस्कृतिक झाँकीहरु प्रदर्शन गरिएका छन् । 

सुदुरपश्चिम रोयल्स यस वर्ष पनि गत सिजनका मार्की तथा कप्तान दीपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदानमा उत्रिनेछ । सुदूरपश्चिम रोयल्सको टोलीमा दीपेन्द्र सिंह ऐरीसँगै आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मित सिंह र जोस ब्राउन छन् । एनपीएलको दोस्रो संस्करण आगामी मङ्सिर १ देखि सुरु हुँदैछ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...