काभा यू–१९ महिला भलिबलमा नेपाल उपविजेता

Published on

काठमाडौं — नेपाल सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) यू–१९ महिला भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको छ। आइतबार श्रीलङ्काको कोलम्बोमा भएको फाइनल खेलमा नेपाल किर्गिस्तानसँग ३–२ सेटले पराजित भयो। किर्गिस्तानले नेपालमाथि २२–२५, २५–२०, २५–२१, १३–२५ र १५–११ को नतिजासहित जित दर्ता गरेको हो।

चार टोली सहभागी प्रतियोगितामा नेपालले समूह चरणमा श्रीलङ्का र माल्दिभ्सलाई पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो। त्यसपछि नेपालले सेमिफाइनलमा पुनः माल्दिभ्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। नेपालको यो प्रदर्शनले क्षेत्रीय स्तरमा महिला भलिबलमा निरन्तर प्रगति भएको संकेत गरेको खेल विश्लेषकहरूले बताएका छन्।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...