जनकपुर बोल्ट्सद्वारा पूजा महतो ‘फेस अफ द बोल्ट्स’ घोषणा

Published on

काठमाडौं — नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपीएल) की साविक विजेता जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’ का रूपमा नियुक्त गरेको छ। जनकपुरले पूजालाई दोस्रो पटक निरन्तरता दिएको हो। कार्यक्रममा बोल्दै पूजाले जनकपुर बोल्ट्सले पुनः अवसर दिएकोमा आभार व्यक्त गर्दै टोलीलाई आगामी सिजनमा पुनः च्याम्पियन बन्न शुभकामना दिइन्।

सो अवसरमा जनकपुर बोल्ट्सको नयाँ जर्सी पनि सार्वजनिक गरिएको थियो। जर्सी सार्वजनिक गर्ने क्रममा क्रिकेटर पूजा महतो, जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडा र नेपाल लुब आयल लिमिटेडका प्रबन्ध निर्देशक करण चौधरी उपस्थित थिए। नेपाल लुब आयल लिमिटेडले यस सिजनका लागि जनकपुर बोल्ट्सलाई प्रायोजन गर्ने भएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...