बर्थिङ केन्द्रको माग लहानका महिला

Published on

काठमाडौं । लहान नगरपालिकाको दुर्गम मानिने लहान नगरपालिका-१६, तरेगनामा यसै वर्षदेखि बर्थिङ केन्द्र सञ्चालनमा आउने लहान नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।  

लहान नगरपालिका-१६, तरेगनामा बर्थिङ केन्द्र यसै वर्ष सञ्चालनका लागि सबै प्रक्रिया पूरा भइसककेको लहान नगर प्रमुख महेशप्रसाद चौधरीले सुत्केरी र गर्भवति महिलाहरूलाई पोषण प्याकेज वितरण गर्दै यस्तो बताउनुभएको हो । 

प्रत्येक महिनाको २२ गते वितरण गर्दै आइरहेको पोषण प्याकेज कार्यक्रम अन्तर्गत पाँच हजारभन्दा बढी महिलाहरूले यो प्याकेज पाइसकेको उहाँले भन्दै यस दुर्गम भेगमा बर्थिङ केन्द्रको स्थापना गरेर प्रसुति सेवा उपलब्ध हुने बताउनुभयो । प्रत्येक महिनाको २२ गते आलोपालो गरी लहान नगरपालिकाको २४ वटै वडामा पोषण प्याकेज वितरणको कार्यक्रमलाई लहान नगर प्रमुख महेश प्रसाद चौधरीले निरन्तरता दिँदै आइरहनु भएको छ । 

लहानस्थित रामकुमार उमा प्रसाद प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिन लहान–१६ दुर्गम क्षेत्रमा रहेको भसुवा भाम्रेका स्थानीयहरू वर्षाको याममा अस्पताल पुग्नै नसक्ने अवस्थामा प्रसुति सेवा लिन नपाएर मृत्युको मुखमा पुग्ने समस्या सधैंको लागि अन्तय हुने नगर प्रमुख चौधरीले विश्वास दिलाउनुभयो । 

लहान–१६ मा बर्थिङग केन्द्र माध्यमिक विद्यालय सञ्चालन हरेक टोलामा ढलान सडक पर्यटन प्रवर्धनका लागि स्थानीय जनाताले गरेका मागहरू पुरा हुँदै जान थालेकोले आफू वडावासीमा खुसी छाएको वडाध्यक्ष गरुल बहादुर जर्घा मगरले खुसी व्यक्त गर्दै नगर प्रमुख चौधरी र स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर चौधरीलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

४५ जना सुत्केरी र गर्भवती महिलाले दस किलो चावल एक किलो दाल गेडागुडी एक लिटर तेल र नुन मिलाएको पोषण प्याकेज पाएर आफूहरू निकै खुसी भएको सुनाउनुभयो। 

सुत्केरी महिला र गर्भवती महिलाहरूले नियमित स्वास्थ्य जाँच र सुरक्षित सुत्केरी गराउन धामीझाक्री र अन्धविश्वासमा नपरी तरेगनामा रहेको स्वास्थ्य चौकी र बर्थिङ केन्द्रमा सम्पर्क राख्न स्वास्थ्यय शाखा प्रमुख बिन्देश्वर चौधरीले सचेत गराउनुभयो । उहाँले यस वर्ष दक्षिणी भेगमा लहान–१९, घरापटी स्वास्थ्य केन्द्र र लहान–१६, तरेगना स्वास्थ्य केन्द्रमा बर्थिङ केन्द्र सुचारु ग्रिने तयारी अन्तिम चरणमा पुगि सकेको जानकारी गराउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...