युवा पुस्ताको उत्साहलाई निराश बनाउँदैछ सुस्त गतिको अनलाइन प्रणाली

Published on

काठमाडौं । सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेसँगै देशभर मतदाता नामावली सङ्कलन कार्यले तीव्रता पाएको छ । जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गराउने, मतदान केन्द्र परिवर्तन गर्ने र विवरण सच्याउने सेवाग्राहीहरूको घुइँचो लागिरहेको छ । तर अनलाइन प्रणालीमा देखिएको समस्याका कारण युवा पुस्ताले नाम दर्ता गर्न निकै सास्ती भोग्नुपरेको छ ।

विराटनगरस्थित निर्वाचन कार्यालयमा आइतबार पुग्दा परिसरभरि सयौँ युवा र ज्येष्ठ नागरिकहरूको भीड लागेको थियो । धेरैजसो जेन्जी उमेर समूहका युवाहरू थिए, जसले निकै लामो समय कुर्नुपरेको थियो । विवरण दर्ताका लागि अनलाइन प्रणाली पटक–पटक बन्द हुने र अड्किने समस्याले कर्मचारी र सेवाग्राही दुवै हैरान देखिन्थे । इन्टरनेटको समस्याका कारण काममा ढिलाइ भएपछि कतिपय सेवाग्राही आक्रोशित पनि भएका थिए । यद्यपि, कार्यालयले बिहान ८ बजेदेखि साँझसम्म सेवाग्राहीलाई सेवा दिइरहेका छन् ।

कात्तिक ३० गतेभित्र नाम दर्ता गराएका व्यक्तिहरू मात्र मतदाता बन्ने भएकाले पछिल्ला दिनमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेहरूको भीड बढेको हो । राजनीतिक दल तथा युवा अभियानकर्मीहरुले नाम दर्ता नगराएकाहरुलाई मतदाता नामावलीमा नाम लेखाउन पहल गरेका कारण पनि धेरै मानिसहरु फोटो खिचाउन निर्वाचन कार्यालयहरुमा पुगिरहेको पाइएको छ । कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरमा मोरङका १७ वटै स्थानीय तहलगायत विभिन्न जिल्लाका व्यक्तिहरू नाम दर्ता गराउन आइरहेका छन् ।

कार्यालय प्रमुख युवराज गुरागाइँका अनुसार, मोरङमा असोज १० गतेदेखि आइतबार साँझसम्म पाँच हजार आठ सय जनाले नाम दर्तालगायतका सेवा लिएका छन् । दैनिक पाँच सयदेखि छ सय जनाले सेवा लिइरहेका छन् । मोरङ मात्र होइन, सुनसरी, झापा, इलाम, उदयपुरजस्ता कोशी प्रदेशका धेरै जनसङ्ख्या भएका जिल्लाहरूमा पनि नाम दर्ताको अवस्था उस्तै छ । मध्यपहाडी तथा हिमाली जिल्ला भने छिटफुटरुपमा नाम दर्ता गर्ने काम जारी छ ।

मोरङ, सुनसरी र झापामा फोटो खिच्नका लागि तीन–तीन ठाउँको व्यवस्था मिलाइएको छ भने उदयपुर, इलाम, धनकुटाजस्ता जिल्लामा दुई ठाउँमा फोटो खिच्ने र नाम दर्ता गर्ने व्यवस्था गरिएको छ । तर इन्टरनेट प्रणालीले राम्ररी काम नगर्दा सेवा प्रवाहमा असहज भइरहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्णप्रसाद पौडेलले बताउनुभयो । सुनसरीमा आइतबारसम्म पाँत हजार ३७० जना नयाँ मतदाताले नाम दर्ता गराएका छन् । यस्तै, इलाममा दैनिक १५० जना हाराहारीले नाम दर्ता गराइरहेको कार्यालय प्रमुख देवी फुयलले जानकारी दिनुभयो । उहाँले पनि कम्प्युरमा घरिघरी सिस्टम जाने समस्याबाट कर्मचारी र सेवाग्राही दुवै आजित बन्नुपरिरहेको बताउनुभयो ।

युवाहरूको मतदानप्रतिको उत्साह छ, तर अनलाइन प्रणालीको कमजोर पूर्वाधारले उनीहरूलाई अनावश्यक सास्ती दिइरहेको छ । यसले गर्दा नाम दर्ता प्रक्रिया झन्झटिलो बन्दै गएको र राज्यको सेवा प्रवाहप्रति असन्तुष्ट रहेका युवा समूह नै कमजोर सेवाप्रवाहको चपेटामा पर्दा उनीहरुमा सकारात्मक सन्देश नगएको फोटो खिचाउन मोरङको उर्लाबारीबाट युवाहरुलाई लिएर आउनुभएका सुरेश लिम्बूले बताउनुभयो । उहाँले छिटो गर्ने उपायका लागि प्रमुख निर्वाचन अधिकृतलाई आग्रह पनि गर्नुभयो तर सिस्टम नै राम्ररी नचलेपछि कार्यालयले उहाँहरुको समस्या तत्काल सम्बोधन गर्न सकेन । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...