महागुरु फाल्गुनन्दका शिक्षालाई नीति–व्यवहारमा उतार्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Published on

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनको १४०औं जन्मजयन्तीका अवसरमा महागुरुका सत्य, अहिंसा र नारी सम्मानका शिक्षालाई प्रदेश सरकारको नीति र व्यवहारमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ। महागुरु फाल्गुनन्दप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो, “महागुरुको जीवनशैलीले सहिष्णुता, एकता र सद्भावको बाटो देखाएको छ। अब ती मूल्यलाई प्रदेश सरकारका नीति, कार्यक्रम र कार्यान्वयनमा समावेश गर्नु हाम्रो लक्ष्य हो।”

उहाँका अनुसार फाल्गुनन्दले प्रचार गरेको ‘सत्य बोल्ने, अहिंसा अपनाउने र नारीको सम्मान गर्ने’ सन्देश आजको परिवेशमा झन् सान्दर्भिक बनेको छ। “बाल्यकालदेखि समाज सुधारमा समर्पित महागुरुको जीवन नेपाली समाजका लागि स्थायी प्रेरणा बनेको छ,” उहाँले थप्नुभयो।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार सबै जात, भाषा र संस्कृतिको संरक्षणमा प्रतिबद्ध रहेको जनाउँदै भने, “संविधानअनुसार प्रदेशका मातृभाषालाई सरकारी प्रयोजनमा प्रयोगमा ल्याउने तयारी भइरहेको छ। भाषा र संस्कृति राज्यको पहिचान हुन्, त्यसको संरक्षण हाम्रो दायित्व हो।” महागुरु फाल्गुनन्दको शिक्षाबाट प्रेरणा लिएर शान्त, समृद्ध र सहिष्णु समाज निर्माणमा सबै नागरिकले योगदान पुर्‍याउनुपर्नेमा उहाँले जोड दिनुभयो।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...