पश्चिम नवलपरासीमा निर्वाचनको तयारी : १२ मतदानस्थल ‘अति संवेदनशील’

Published on

काठमाडौं । सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकेसँगै पश्चिम नवलपरासीमा निर्वाचनको तयारी र मतदानस्थल निर्धारण कार्यलाई अगाडि बढाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभरका मतदानस्थलहरूलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा वर्गीकरण गरेको हो  ।

जिल्लाका सात पालिकामध्ये १२ वटा मतदानस्थललाई ‘अतिसंवेदनशील’ को सूचीमा राखिएको छ । अतिसंवेदनशीलको सूचीमा सबैभन्दा बढि सुस्ताका ४ स्थान परेका छन् । जिल्लामा यसअघि कायम गरिएका १२० मतदानस्थल लाई नै कायम गरिएको छ, जसमा जम्मा २८७ मतदान केन्द्र निर्धारण गरिएका छन् । यी मतदान केन्द्रहरू २०७९ सालको पुराना मतदाता नामावलीका आधारमा निर्धारण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीले जानकारी दिनुभएको छ ।

नामावली सङ्कलनपछि केन्द्र थपघट हुन सक्ने जिल्ला निर्वाचन कार्यालयकी प्रमुख सुजाता खत्रीले जानकारी दिनुभएको छ । १६ वर्ष पूरा भई नेपाली नागरिकता पाएका नागरिकहरूले निर्वाचन कार्यालयमा नामावली दर्ता गरिरहेका छन् । असोज १० गतेदेखि सुरु भएको नयाँ मतदाता नामावली संकलन कार्यक्रममा हालसम्म झण्डै एक हजुर पाँच सय नयाँ मतदाता थपिएका छन् ।

निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालयले तयारी कार्यलाई तीव्रता दिएको छ । २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा जिल्लामा दुई लाख ४० हजार ९३० मतदाता थिए  ।गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...