पश्चिम नवलपरासीमा निर्वाचनको तयारी : १२ मतदानस्थल ‘अति संवेदनशील’

Published on

काठमाडौं । सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकेसँगै पश्चिम नवलपरासीमा निर्वाचनको तयारी र मतदानस्थल निर्धारण कार्यलाई अगाडि बढाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभरका मतदानस्थलहरूलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा वर्गीकरण गरेको हो  ।

जिल्लाका सात पालिकामध्ये १२ वटा मतदानस्थललाई ‘अतिसंवेदनशील’ को सूचीमा राखिएको छ । अतिसंवेदनशीलको सूचीमा सबैभन्दा बढि सुस्ताका ४ स्थान परेका छन् । जिल्लामा यसअघि कायम गरिएका १२० मतदानस्थल लाई नै कायम गरिएको छ, जसमा जम्मा २८७ मतदान केन्द्र निर्धारण गरिएका छन् । यी मतदान केन्द्रहरू २०७९ सालको पुराना मतदाता नामावलीका आधारमा निर्धारण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीले जानकारी दिनुभएको छ ।

नामावली सङ्कलनपछि केन्द्र थपघट हुन सक्ने जिल्ला निर्वाचन कार्यालयकी प्रमुख सुजाता खत्रीले जानकारी दिनुभएको छ । १६ वर्ष पूरा भई नेपाली नागरिकता पाएका नागरिकहरूले निर्वाचन कार्यालयमा नामावली दर्ता गरिरहेका छन् । असोज १० गतेदेखि सुरु भएको नयाँ मतदाता नामावली संकलन कार्यक्रममा हालसम्म झण्डै एक हजुर पाँच सय नयाँ मतदाता थपिएका छन् ।

निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालयले तयारी कार्यलाई तीव्रता दिएको छ । २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा जिल्लामा दुई लाख ४० हजार ९३० मतदाता थिए  ।गोरखापत्र

spot_img

ताजा समाचार

आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण...

रास्वपा सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

काठमाडौँ । चीनको तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको...

कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म, कर्मचारीले सवारी चलाए चालकको सेवासुविधा दिइने

काठमाडौँ – सरकारी गाडीको खरिद, इन्धन, मर्मत र चालकको तलबमा हुने खर्च घटाउने उद्देश्यले सरकारले...