बुद्धको मावली प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन्

Published on

काठमाडौं । विगत तीन दशकदेखि निरन्तर पुरातात्विक खोज हुँदै आएको सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी दाबी गरिएको पश्चिम नवलपरासीमा रहेको प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन कार्य सुरु भएको छ । भू–भौतिक सर्वेक्षणको अनुमानअनुसार भेटिएका पूर्वाधार (स्ट्रक्चर) हरूलाई भौतिक रूपमा उत्खनन गरी अन्वेषण गर्ने उद्देश्यले पुरातत्व विभागले यो कार्य अगाडि बढाएको हो ।

उत्खनन् टोली र कार्यक्षेत्र
पुरातत्वविद् भास्कर ज्ञवालीको नेतृत्वमा उत्खनन् टोलीले पण्डितपुरमा यसअघि फेला परेको प्राचीन इनार र सोसँगै जोडिएको स्थानमा उत्खननका लागि ट्रेन्च लगाएको छ । “पहिला भेटिएको प्राचीन इनार र सँगै जोडिएको स्थानमा रहेका पुरातात्विक वस्तु पत्ता लगाउन उत्खननका लागि ट्रेन्च लगाइएको छ,’’ पुरातत्व अधिकृत ज्ञवालीले बताउनुभयो ।

यसपटक सहायक साईटको रूपमा पण्डितपुरसँगै रहेको बन्जारिन माई स्थान को पुरातात्विक क्षेत्रमा पनि उत्खनन् गरिने भएको छ । उत्खनन् कार्य एक महिनासम्म चल्नेछ । मङ्सिर १ गतेदेखि त्रिभुवन विश्वविद्यालयका पुरातत्व विषयमा अध्ययन गर्ने विद्यार्थीहरू पनि तालिमका लागि आउने र उनीहरू उत्खनन् कार्यमा सहभागी हुने ज्ञवालीले बताउनुभयो ।

पुरातत्व विभाग र दुराम विश्वविद्यालयको प्राविधिक टोलीले विगत वर्षहरूमा गरेको भू–भौतिक सर्वेक्षण प्रतिवेदनकै आधारमा यो निरन्तर उत्खनन् भइरहेको छ । गत वर्ष पनि उत्खननका क्रममा पूर्वाधारहरू भेटिएका थिए र यस वर्ष पनि भेटिन थालेका छन् ।

कोलनगरको ऐतिहासिक महत्त्व
कोलिय गणराज्यको राजधानी कोलनगर, भगवान गौतम बुद्धको जीवनसँग जोडिएको अत्यन्तै महत्त्वपूर्ण स्थान हो। यो बुद्धलाई जन्म दिने आमा महामाया र उहाँको पालनपोषण गर्ने सानी आमा प्रजावती गौतमी को जन्मस्थल हो । यो बुद्धकी पत्नी यशोधरा को पनि जन्मस्थल हो ।

“यस स्थानमा संसारभरिबाट बौद्धमार्गी एक पटक आउन चाहन्छन् । यसले यहाँको धार्मिक पर्यटनलाई बढावा दिनेछ,’’ ज्ञवालीले भन्नुभयो । अनुसन्धान र कार्बन डेटिङ (समय परीक्षण) ले ईसा पूर्व ६०० पुराना प्राचीन वस्तुहरू भेटिएको पुष्टि गरेको छ, जसले यो कोलिय गणराज्यको राजधानी भएको प्रमाणित गर्दछ । पुरातत्वविद्हरूको अनुमानअनुसार यो राजधानी क्षेत्र ३६ सय वर्गमिटर मा फैलिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...