नेपाल-भारतीय टोलीद्वारा स्थलगत अनुगमन

Published on

काठमाडौं । पश्चिम नवलपरासीको गण्डक कमाण्ड क्षेत्रमा यस वर्ष गरिने महत्वपूर्ण सिँचाइ तथा नदी नियन्त्रणका कामहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न नेपाल र भारतका प्राविधिक टोलीले संयुक्त अनुगमन गरेका छन्। नेपाल गण्डक पश्चिमी नहर सिँचाइ प्रणाली व्यवस्थापन कार्यालय सेमरीका प्रमुख तिलकराम बुढाथोकीका अनुसार अनुगमन टोलीले विशेष गरी यस वर्ष भारतीय जलसंसाधन विभागबाट हुने कामहरूको कार्यान्वयन र योजनाबारे छलफल गरेको हो ।

नेपाल गण्डक पश्चिमी नहर सिँचाइ प्रणाली व्यवस्थापन कार्यालय सेमरीका अनुसार पश्चिम नवलपरासीको गण्डक कमाण्ड क्षेत्रदेखि भारतीय सीमानासम्म  विभिन्न क्षेत्रको टोलीले संयुक्त अनुगमन गरेका हुन्। यस वर्ष भारतीय जलसंसाधन विभागबाट गण्डक सिञ्चित क्षेत्रमा बी ग्याप र ए ग्यापको बाँध वा सडकको चौडाइ तथा उचाइ बढाउने काम, गण्डक क्षेत्रमा नदीको पानीको बहाव (वहाब) नियन्त्रण गर्ने संरचनाहरूको व्यवस्थापनको काम र  नदी नियन्त्रण संरचनाको पुनर्संरचना लगायतका काम हुने छन्    ।

नेपाली टोलीको नेतृत्व जलस्रोत तथा सिँचाइ विभाग, बजेट तथा कार्यक्रम महाशाखाका उपमहानिर्देशक कुसाङ शेर्पा र कार्यालय प्रमुख तिलकराम बुढाथोकीले गर्नुभएको थियो । त्यसैगरी, भारतको तर्फबाट उत्तर प्रदेश र बिहार प्रदेश सरकारका सिँचाइ अभियन्ता कार्यालयका प्राविधिकहरूको उपस्थिति थियो । दुई दिनसम्म चलेको अनुगमन र छलफलपछि दुई देशका प्राविधिक टोली यस वर्षको काम दुई देशका प्राविधिक टोलीको समन्वय र सहकार्यमा प्रभावकारी रूपमा सम्पन्न गर्ने निष्कर्षमा पुगेका छन्। यस निष्कर्षले गण्डक सिञ्चित क्षेत्रका लागि नेपाल र भारतबीचको सहकार्यलाई थप बल पुर्‍याएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...