दुधमा चार रुपियाँ अनुदान

Published on

काठमाडौं । आँधीखोला गाउँपालिकाले दुधमा प्रतिलिटर चार रुपियाँ अनुदान दिने भएको छ । पालिकाले बाङसिङ साना कृषि सहकारी संस्था लिमिटेडसँग सहकार्य गर्दै दुग्ध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने तयारी गरेको हो । सहकारीले दुध उत्पादन गरी सङ्कलन केन्द्रमा जम्मा गर्ने र जम्मा गरेको तथ्याङ्कका आधारमा पालिकाले अनुदान दिने छ । सहकारीले बजारीकरण गर्ने गरी दुध सङ्कलन केन्द्र सञ्चालन ल्याएको छ भने पालिकाले छ वटा वडाबाट हरेक दिन दुध सङ्कलन गर्न थालेको छ । गाउँमै उत्पादन हुने दुध एकै ठाउँमा सङ्कलन र वितरण गरेसँगै किसानलाई बेचबिखनको झन्झट कम हुने र आम्दानी बढ्ने विश्वास पालिकाको रहेको छ ।  

पालिकाको सहयोगमा सहकारीले आवश्यकता अनुसार पोखरामा छुट्टै बिक्री कक्ष सञ्चालन गर्ने तयारी गरेको पालिका अध्यक्ष विश्व पौडेलले बताउनुभयो । दुध सङ्कलन केन्द्र स्थापनासँगै किसान व्यवसायप्रति थप आकर्षित भएको पौडेलले बताउनुभयो । गाउँमै उत्पादन भएको दुध गाउँमै बिक्री हुँदा कृषकलाई ठुलो राहत हुने अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले सङ्कलन केन्द्र सञ्चालनमा आएपछि किसान बिचौलियाबाट ठगिने प्रवृत्ति घट्ने भन्दै उत्पादन, प्रशोधन र बजार विस्तारमा सहकारीले महत्वपूर्ण भूमिका खेल्ने बताउनभुयो ।  पालिकाले पाँच हजार लिटर क्षमता भएको चिलिमे भ्याट, पाँच वटा मिल्क एनालाइजरसहित अत्यावश्यक उपकरणमध्ये पाँच वटा डिप फ्रिज र ५० वटा दुध सङ्कलन गर्ने क्यान उपलब्ध गराएको छ । गोरखापत्र  

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...