म्याद थपेको थप्यै अस्पताल अधुरै

Published on

काठमाडौं । गुल्मी अस्पताल ५० शय्यामा स्तरवृद्धि भएपछि अहिलेको भवन सेवा प्रवाहका हिसाबले सहज हुने अवस्था नै थिएन । सुरुमा जनशक्ति र उपकरण कम थिए । बिस्तारै समय अनुसारका उपचार प्रविधिको विकास र जनशक्ति वृद्धि हुँदै जाँदा सेवाग्राहीको भिड लाग्ने गरेको छ । अहिले गुल्मी अस्पतालको एउटा कोठाबाट चार जनासम्म डाक्टरले बिरामी जाँच गर्नुपर्ने अवस्था छ । बिरामीले जाँच गर्न कोचिएर भित्र छिरेपछि फर्किने उपाय खोज्नुपर्ने अवस्था छ । मदाने गाउँपालिका–४ का सञ्जय केसीले बर्सौंदेखि साँघुरो भवनमा सेवाग्राही र डाक्टरले निकै सास्ती पाउँदा नजिकैको आधुनिक भवन अलपत्र हुनु निकै दुःखद् विषय भएको बताउनुभयो । 

गुल्मी अस्पतालले पूर्वाधार नपाएको होइन । दुई वर्षमा निर्माण हुनुपर्ने भवन साढे चार वर्षसम्म तेस्रो पटक थपिएको समय सकिन थाले पनि अधुरै छ । चौतर्फी आलोचना र ताकिता हुँदा पनि रङरोगन, विद्युतीय तथा फिनिसिङको काम ठेकेदारले गर्न सकेका छैनन् ।  भारत सरकारको पूर्ण आर्थिक सहयोगमा अहिले सडक सहरी तथा भवन निर्माण आयोजना पाल्पाबाट योजना कार्यान्वयन भइरहेको छ । अस्पताल भवन निर्माणको काम २०७८ असार १८ गते स्वच्छन्द/बानियाँ जेभी हेटौँडा  मकवानपुरले सम्झौता गरेको थियो । जति पटक म्याद थप्दा पनि ठेकेदार कम्पनीले काम पूरा नगर्ने भएको छ । स्थानीयले धेरै पटक चासो राख्दासमेत ठेकेदार बलियो र सरकारी निकाय कमजोर हो कि भन्ने भान हुन थालेको छ । 

सडक सहरी तथा भवन निर्माण आयोजना पाल्पाका इन्जिनियर घनश्याम यादवले यो योजनाको रकम भ्याटबाहेक कुल २५ करोड ९४ लाख रुपियाँ रहेको बताउनुभयो । उहाँका अनुसार गुल्मी अस्पतालको ८८ प्रतिशत भौतिक र ८० प्रतिशत वित्तीय प्रगति भएको छ । पछिल्लो समय गुल्मी अस्पतालले सेवा प्रवाहमा आर्जन गरेको साख पूर्वाधारका कारण जोगाइरहन सकस देखिएको छ । गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेडेन्ट विभव बस्यालले अस्पताल भवन समयमै निर्माण नभएका कारण सेवा प्रवाहमा समस्या भइरहेको बताउनुभयो । भवन अभावकै कारण आइसियु सञ्चालन र मिर्गौलाको डायलासिस सेवा विस्तार हुन सकेको छैन । भिडियो एक्सरे गर्न आउने बिरामीका कुरुवा बस्ने ठाउँ छैन । बस्यालले विशेषज्ञ र उपकरण थपेर सेवा विस्तार गर्न नयाँ भवन अपरिहार्य भएकाले निर्माण व्यवसायीलाई पटक पटक ताकिता गर्दा पनि भवन निर्माणले पूर्णता नपाएको गुनासो गर्नुभयो । अस्पताल भवन समयमै निर्माण गर्न अस्पताल विकास समिति, प्रशासन र रेसुङ्गा नगरपालिकाले पनि सक्रियता देखाएको छ । कामले सन्तोषजनक परिणाम दिन सकेको  छैन ।  रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले ठेकेदार कम्पनीले काममा हेलचेक्रयाइँ गरेर सास्ती दिइरहेको बताउनुभयो । गोरखापत्र   

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...