नरहरीनाथ गाउँपालिकाद्वारा इन्धन प्रयोगमा मनोमानी : पेट्रोल र डिजेल ४० लाख खर्च

Published on

काठमाडौं । स्थानीय तहमा कुनै पनि सुशासनको प्रत्याभूती हुने गरी काम गरेको पाइदैन । खरिद निमावलीदेखि हरेक खर्च र भुक्तानी प्रक्रिया होचुवाको भरमा भइरहेको पाइन्छ । कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाले इन्धन प्रयोगमा मनोमानी गरेको पाइएको छ । गाउँपालिकाले गएको आर्थिक वर्षमा झण्डै ४० लाखको पेट्रोल र डिजेल खर्च गरेको खुलेको हो ।

गाउँपालिकाको आफ्नै गाडी हुँदा हुँदै पनि १७ लाख आसपासमा गाडी भाडा मात्र भुक्तानी गरेको गाउँपालिकाले इन्धनमा ३९ लाख ९९ हजार ६०५ रुपियाँ खर्च गरेको छ । एकातिर गाडी भाडामा लिएर गाउँपालिकाले भुक्तानी गरेको छ भने अर्को तर्फ ४० लाख इन्धन खर्च गरेको छ । एक वर्षमा नरहरीनाथ गाउँपालिकाले इन्धन र गाडी भाडा शीर्षकमा ५६ लाख ६२ हजार ८०५ रुपियाँ खर्च गरेको छ ।

यो बजेट भनेको बिकासे अनुदानको बजेट छ । गाउँपालिकामा बिकासका लागि आएको बजेट मोजमस्ती बिलासिताको क्षेत्रमा खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । महालेखाले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सार्वजनिक खरिद ऐनदेखि स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरित खर्च गर्ने गरेकाले यो सुधार गर्नु पर्ने उल्लेख छ ।

गाउँपालिकाले विविध खर्चमा ३५ लाख आठ हजार ८६७ रुपियाँ खर्च गरेको छ । खर्च शीर्षकमा विविध लेखिएको छ । त्यहाँ गत वर्षको बाँकी ११ लाख ५० हजार र यो आर्थिक वर्षको २३ लाख ५८ हजार ८६७ सहित ३५ लाख आठ हजार ८६७ रुपियाँ गरेर इन्धन, गाडीभाडा र विविध खर्च गरेर एक वर्षमा ९१ लाख ७१ हजार, ६७२ रुपियाँ अनउत्पादन क्षेत्रमा खर्च गरेको छ ।

यसरी के कामका लागि खर्च हुन्छ, बिकासे बजेट खर्च गर्नु राम्रो नभएको स्थानीयको भनाइ छ । बिकासभन्दा पनि आ–आफ्नो स्वार्थपूर्तिका लागि जनप्रतिनिधिको निर्देशन दिने र कर्मचारीले त्यसैमा टिकेर अनउत्पादन क्षेत्रमा खर्च गर्ने गरेको पाइन्छ । नरहरीनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण राना मगरले विविध खर्च अतिथि सत्कार, खानपान लगायतको खर्च हुने गरेको बताउनुभयो ।

आफु भर्खर गएकाले त्यो सबै रिर्पोट हेरेर सुधार गर्ने बताउनुभयो । ‘‘हामी सुधार गर्छौं,’’ प्रमुख प्रशासकीय अधिकृत मगरले भन्नुभयो । गाउँपालिकाका कर्मचारीले समेत जनप्रतिनिधिको इन्धन मोह निकै बढेको बताएका छन् । हामी केही भनौं दुस्मनी सुरु हुन्छ त्यसैले आफ्नो काम गर्ने बस्ने हो । नसुहाउने गरी इन्धन खर्च गर्ने बिल ल्याउने काम बढिरहेको कर्मचारीकै भनाइ छ ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडा अध्यक्ष प्रदिप बोहोराले खर्चमा मितव्ययीता गरौँ भन्दा पनि बढिरहेको आफुले पनि प्रतिवेदन पढेपछि जानकारी पाएको बताउनुभयो । सबै हाम्रो हात छैन, कर्मचारीले नियमविपरितको बिल छ भने हुँदैन भन्न सक्नु पर्ने प्रवक्ता वोहोराको भनाइ छ । गोरखापत्र 

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...