मलेसियामा बाढीको कारण १८ हजार भन्दा बढी विस्थापित

Published on

काठमाडौं । मलेसियामा उत्तरपूर्वी मनसुनको कारण हालै आएको बाढीले १८ हजार भन्दा बढी मानिसलाई विस्थापित गरेको अधिकारीले बताएका छन् । बाढीका कारण देशभरि १० वटा राज्य प्रभावित भएको जनाइएको छ । केलान्टन, प्रान्तमा धेरै दिन देखि लगातार भारी वर्षा भएकाले नौ हजार ७०० भन्दा बढी मानिसलाई स्थानानान्त्रण गरी राहत केन्द्रमा राखिएको जनाइएको छ । अन्य विस्थापित मध्ये दुई हजार ७१८ सेलान्गोर प्रान्तका र दुई हजार ८८१ पेराक प्रान्तका रहेको र अन्य बाँकी देशका विभिन्ने क्षेत्रका रहेको जनाइएको छ ।  

यसैबिच, सरकारका मुख्य सचिव समसुल अजरी अबु बकरले बाढीबाट प्रभावित राज्यमा सरकारले विभिन्न एजेन्सीसँगको समन्वयमा एक लाख भन्दा बढी कर्मचारी तथा आवाश्यक सामाग्री तैनाथ गरेको बताउनु भएको छ । कार्यबहाक शिक्षामन्त्री वोङ काह वोहले राष्ट्रिय स्तरका परीक्षा अगाडि बढ्ने बताउदै असहज परिस्थितिलाई सामना गर्ने आकस्मिक उपाय भएकाले उम्मेदवार सुरक्षितरूपमा परीक्षा दिन सक्ने बताउनु भएको छ ।  

यसैबिच प्रधानमन्त्री अनवर इब्राहिमले बाढी प्रभावितको उद्धार तथा राहत वितरण गर्ने राष्ट्रिय विपद व्यवस्थापन एजेन्सी प्रति सन्तुष्टि व्यक्त गर्दै सबै एजेन्सीलाई प्रभावित समुदायलाई सहयोग गर्न अधिकतम प्रयास गर्न निर्देशन दिनु भएको छ । मौसम विभागले भने निरन्तर भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी जारी गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...