२३ औं संस्करणको जेसीजकपमा प्रि क्वाटरफाइनल

Published on

काठमाडौं । डिफेन्डिङ च्याम्पियन माउण्ट एभरेष्ट आवासीय माविले २३ औँ अन्तर मावि जेसीजकप फुटवल प्रतियोगितामा विजयी यात्रालाई जारी राख्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । बुद्ध एकेडेमीलाई ६–० गोलले पराजित गर्दै क्वाटर फाइनललमा प्रवेश गरेको हो । त्यस्तै, अर्को खेलमा बेनी सामुदायिक माध्यमिक विद्यालयले जनप्रिय मावि दरवाङलाई दुई शून्य गोलअन्तरले पराजित गरेको छ ।

यसअघि भएका खेलहरुमा केबी एकेडेमी दरबाङले ८–१ गोलले गलेश्वर मावि तोरिपानीलाई पराजित गरेको छ । त्यसैगरी बेनी आवासीय मावि ३–१ गोल प्रहार गर्दै शारदा मावि छिस्वाङलाई पराजित गरेको छ । प्रकाश मावि र लिटल एकेडेमीबिच निर्धारित समयमा १–१ गोल गरेपछि पेनाल्टी सुटआउटमा ९–८ गोल गर्दै लिटल गार्डेन एकेडमी अर्को चरणमा प्रवेश गरेको छ । निस्कोट मावि र जामुनाखर्क मावि १–० गोल गर्दै निस्कोट माविले जेसीज कपमा विजय यात्रा सुरु गरेको छ । जेसीज कप प्रतियोगिताको इतिहासमा निस्कोट पहिलोपटक सहभागि विद्यालय समेत हो । प्रतियोगिताको उपाधी दावेदार मानिएको न्यू वेष्ट पोइन्ट आवासीय मावि र प्रकाश मावि बाहिरिएका छन् । मङ्सिर १३ गते शनिबारसम्म हुने प्रतियोगितामा जिल्ला भित्रका १९ विद्यालयको सहभागिता रहेको प्रतियोगिताका मुल संयोजक नविन पौडेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले रनिङ शिल्डसहित ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ५५ हजार पाँच सय ५५ र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्रसहित नगद ३५ हजार पाँच सय ३५ पुरस्कार प्राप्त गर्ने शाखा अध्यक्ष बिनोद घर्तीले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, राइजीङ प्लेयर, उत्कृष्ट प्रशिक्षकलाई नगद दुई हजार पाँच सयसहित ट्रफी प्रदान गरिने छ । त्यस्तै, अनुसासित टिम र सेमिफाइनल पुग्ने दुई टिमलाई नगद पाँच हजारसहित सम्मान गरिने छ । प्रतियोगिता सञ्चालनको लागि एभरेष्ट ग्लोबल एजुकेसन भिसा सर्भिस मुख्य प्रायोजक रहेको छ भने गंगा जिसी फाउण्डेसन र प्रभु बैँक सहप्रायोजकको रुपमा रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...