एमाले महाधिवेशन प्रतिनिधि छनोटमा बाजुरासहित जिल्लामा बढ्यो सक्रियता

Published on

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आगामी ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा प्रतिनिधि छनोट प्रक्रियाले देशभरि तीव्रता पाएको छ । विभिन्न जिल्लामा सुरु भएको जिल्ला–स्तरीय निर्वाचन कार्यसूचीअनुसार बाजुरामा पनि महाधिवेशन प्रतिनिधि चयनका लागि आवश्यक तयारीहरू अघि बढाइएको स्थानीय स्रोतले जनाएको छ । प्रतिनिधि छनोट यही मङ्सिर १३ गतेभित्र सम्पन्न गर्नुपर्ने भएकाले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता प्रक्रियासम्मका पूर्वतयारीहरू तीव्र गतिमा चलिरहेका छन् ।

पार्टी निर्देशिका अनुसार सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची सार्वजनिक नगरी प्रतिनिधि छनोट प्रक्रियामा प्रवेश गर्न नपाइने भएकाले हाल सबै जिल्लामा मतदाता सूची फाइनत गर्दा गरिँदैछ । मङ्सिर १२ गतेसम्म सर्वसम्मतिका आधारमा उम्मेदवार टुङ्ग्याउने प्रयास भइरहेको र सहमति नजुटेमा भोलिपल्ट निर्वाचन प्रक्रियाबाट प्रतिनिधि चयन गरिने एमालेले जनाएको छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नाम मङ्सिर १५ गतेभित्र सम्बन्धित विभागमा बुझाइसक्नुपर्ने व्यवस्था छ । मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा आयोजक, क्षेत्रीय कमिटी, जनसङ्गठन, युवा, महिला, दलित, प्रवाससहित विभिन्न संरचनाबाट करिब दुई हजार दुई सय प्रतिनिधि सहभागी हुने पार्टीले बताएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...