खहरे खोला तर्न अझै काठेपुलकै भर

Published on

काठमाडौं । जिल्लाका अधिकांश स्थानीय गाउँमा रहेका खहरे खोला तर्न अँझै खाठेपुलकै भर पर्ने गरेका छन् । बर्खाको समय थोरै पानी पर्ने बित्तीकै ती खोला उर्लेर आउँने गरेकाले उनीहरु काठेपुलको भर पर्ने गरेका हुन् । यी खोलामा हिउँदमा सुक्खा हुने गर्दछन् । जब असार साउन लाग्छ । तब त्यति बेला यी खोला निकै बढ्ने गरेकाले उनीहरु काठेपुलको भरमा पर्ने गरेको यहाँका स्थानीय बताउँछन् । यहाँ ठुला खोलामा पुल निर्माण भए पनि यस्ता साना खोलामा भने पुल छैन । बर्खाको समय ठुला खोलाभन्दा यी साना खोला नै डर लाग्दो भएकाले त्यसका काठेपुल हालेर खोला तर्ने गरेको बडिमालिका स्थानी प्रेमबहादुर रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खेतबारी, मेलापात, गोठ खर्कमा जाँदा आउँदा प्रायः खहरे खोला बढी पर्ने गर्दछन् । तर ती खोलामा अहिलेसम्म पक्की पुलको व्यवस्था छैन । यसो हेर्दा ती खोला धेरै सानो भए पनि बर्खाको समय भने ती निकै उर्लेर आउने गर्छन् ।” पहिलादेखि यी खोलामा पुलको व्यवस्थाका लागि माग गर्दै आएको भए पनि कतैदेखि पूरा नभएपछि काठेपुल हालेर आउजाउ गर्ने गरेको रोकायाले बताउनुभयो । यहाँका हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका ठाउँका स्थानीय अहिले पनि यस्ता धेरै खहरे खोलामा काठेपुलकै सहाराले नै बर्खाको समय खोला तर्न बाध्य हुने गरेका छन् ।

एक गाउँदेखि अर्को गाउँसम्म जानका लागि यहाँ धेरै खोला तर्नुपर्ने हुन्छ । यहाँ ठुला खोलामा झाेलुङ्गे तथा पक्की पुलको व्यवस्था भए पनि यी साना खोलामा भने अझै पुलको व्यवस्था हुन नसेको खप्तड छेडेदह गाउँपलिका–३ वडा अध्यक्ष बिर्कबहादुर रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “यी खोलामा बर्खाको समय तर्न समस्या हुने गरेकाले पछिल्लो समय हामीले त्यसका लागि पुल वा त्यसमा होमपाईको  व्यवस्थाका लागि सडक सडिभिजन कार्यालय अछामलाई माग गरेका छौँ ।” उतादेखि केही व्यवस्था भएमा हामी पनि केही रकम विनियोजन गरेर बर्खाको समय यी खहरे खोला तर्नका लागि स्थानीयलाई सहज हुने गरी पुल वा ह्युमपाइपको व्यवस्था गर्ने योजना रहेको रावतले बताउनुभयो । यता सडकको बिचमा पर्ने ठुला खोलामा पुल निर्माणका लागि रकम आउने गरेको भए पनि गाउँमा बस्तीमा रहेको ती साना खहरे खोलाको पुल निर्माणका लागि भने रकम नभएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...