भेनेजुएलाको आरोप-आइसिसी जिम्मेवारीबाट पन्छियो

Published on

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले काराकासस्थित आफ्नो कार्यालय बन्द गर्ने निर्णय गरेपछि भेनेजुएलाका अधिकारीले आइसिसीलाई कर्तव्यबाट पन्छिएको आरोप लगाएका छन् । अदालतले वास्तविक प्रगति नभएको भन्दै उक्त कार्यालय बन्द गर्ने घोषणा गरेको थियो । आइसिसीले सन् २०२४ मा भेनेजुएलाका अधिकारीसँग सहकार्य गर्दै सन् २०१७ को विरोध प्रदर्शनका क्रममा दक्षिण अमेरिकी देशमा गरिएको मानवताविरुद्धका सम्भावित अपराधको अनुसन्धान गर्न काराकासमा कार्यालय स्थापना गरेको थियो । आइसिसीका उप-अभियोजक मामे मन्डिए नियाङले भेनेजुएला सरकारसँगको काममा अपेक्षित प्रगति नदेखिएका कारण कार्यालय बन्द गरिएको तर अनुसन्धान भने निरन्तर जारी रहने जानकारी दिनुभएको छ । भेनेजुएलाका अधिकारीले एक विज्ञप्ति जारी गरी आइसिसीले ‘थोरै मात्र पनि प्रतिबद्धता वा सहयोगको भावना नदेखाएको’ आरोप लगाएका छन् । 

उनीहरूले अदालतले भेनेजुएलाका विभिन्न पहलमा कुनै योगदान वा सुझाव नदिएको र आफूले ग्रहण गरेको जिम्मेवारीबाट ‘गैरजिम्मेवार रूपमा टाढा रहेको’ दाबी गरेका छन् । साथै, आइसिसीमाथि ‘राजनीतिक उद्देश्यका लागि न्यायलाई उपकरण बनाउने’ प्रयासमा कुनै कदम नचालेको आरोप पनि लगाइएको छ । अर्जेन्टिना, कोलम्बिया, चिली, प्याराग्वे, पेरु र क्यानडाले सन् २०१८ मै भेनेजुएलामाथि मानव अधिकार उल्लङ्घनको आरोपसहित आइसिसीमा उजुरी दर्ता गराएका थिए । त्यसपछि सन् २०२१ को नोभेम्बरमा राष्ट्रपति निकोलस मदुरोसँगको सम्झौताअनुसार आइसिसीलाई भेनेजुएलामा औपचारिक रूपमा काम गर्न अनुमतिपत्र प्रदान गरिएको थियो । सन् २००२ मा स्थापित आइसिसी विश्वको एक मात्र स्वतन्त्र अन्तर्राष्ट्रिय अदालत हो, जसले नरसंहार, युद्ध अपराध तथा मानवताविरुद्धका गम्भीर अपराधको अनुसन्धान र कारबाहीमा समर्पित छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...