नेपाल आज चाइनिज ताइपेइसँग भिड्दै

Published on

काठमाडौं । इन्डोनेसियामा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र चाइनिज ताइपेइबिच पहिलो पटक महिला फुटबल हुन लागेको हो । इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रङ्गशालामा खेल स्थानीय समयअनुसार साँझ ७:३० बजे सुरु हुनेछ । नेपाल यसअघि आफ्नो पहिलो खेलमा घरेलु टोली इन्डोनेसियासँग २–१ गोलले पराजित भएको थियो । चाइनेज ताइपेईले भने इन्डोनेसियालाई ५–० गोलले हराएको थियो । चाइनेज ताइपेईलाई यस प्रतियोगिता जित्न नेपालविरुद्ध बराबरी नतिजाले पुग्नेछ । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...