एआईको दुरुपयोग बढेको प्रति चिन्ता व्यक्त

Published on

काठमाडौं । सप्तरीको राजविराजमा एआईको प्रयोगसम्बन्धी एक दिने तालिमको सुरुवात भएको छ । आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना र नेपाल पत्रकार महासङ्घ सप्तरीको समन्वयमा बुधबार तालिमको सुरुवात भएको हो । सप्तरीका ५० जनाभन्दा बढी पत्रकारको सहभागितामा सुरु भएको तालिमको उद्घाटन सत्रमा वक्ताहरूले एआईको सदुपयोगभन्दा पनि दुरुपयोग बढेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँहरूले एआईको दुरुपयोग रोक्नुपर्ने धारणा राख्नुहुँदै यसतर्फ सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा आमसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासङ्घ सप्तरीका वैद्यनाथ झा, मुरलीप्रसाद यादव, व्यासशङ्कर उपाध्याय, उपाध्यक्ष रामनारायण विश्वाससहितकाले एआईको प्रयोगबाट हुने फाइदा र बढेको जोखिमबारे आफ्नो धारणा राख्नुभयो । आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रशिक्षक जीवन भण्डारी र प्रकाश मैनालीले प्रशिक्षण दिनुहुने बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...