रुसको मुद्रास्फीति वर्षको अन्त्यसम्म ६ प्रतिशतमा झर्नेः पुटिन

Published on

काठमाडौं । रुसको मुद्रास्फीति दर यस वर्षको अन्त्यसम्म करिब ६ प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ । उक्त दर सरकार र केन्द्रीय बैङ्कले गरेको पूर्वानुमानभन्दा कम रहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बताउनुभएको छ । मार्चमा १० प्रतिशतभन्दा माथि पुगेको मुद्रास्फीति अहिले वर्षेनी आधारमा ७ प्रतिशतभन्दा तल झरेको छ र वर्षको अन्त्यसम्म करिब ६ प्रतिशत पुग्ने अनुमान छ । राष्ट्रपतिले भन्नुभयो, “आर्थिक वृद्धिको गति केही सुस्त हुँदै गएको छ । रुसको कुल घरेलु उत्पादन यस वर्षको पहिलो नौ महिनामा १ प्रतिशतले बढेको छ ।”

पूरा वर्षको आर्थिक वृद्धिको अनुमान ०.५ प्रतिशतदेखि १ प्रतिशतको बिचमा रहेको छ, जुन सरकारको अपेक्षासँग मेल खान्छ । पुटिनका अनुसार, सरकारले र केन्द्रीय बैङ्कले कडाइ गरिएका नीति लागू गर्दै अर्थतन्त्रलाई सहजरूपमा सञ्चालन गर्न प्रयासरत रहेका छन् । “सेप्टेम्बर महिनामा रुसको बेरोजगारी दर २.२ प्रतिशत रहेको छ, जुन ऐतिहासिकरूपमा सबैभन्दा कम दर हो,”उहाँले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...