दरौखोला तथा गडयौली खोलामा माछाका भुरा छाडिए

Published on

काठमाडौं । अर्जुन चौपारी गाउँपालिकाले दरौखोला तथा गडयौली खोलामा माछाका भुरा छाडेको छ । यहाँको गड्यौली खोलामा १५ हजार र दरौखोलामा ६० हजार गरेर ७५ हजार विभिन्न जातका माछाका भुरा छाडिएका हुन् ।  गाउँपालिकाले कालीगण्डकी मत्स्य ह्याचरीसँग सहकार्य गरेर गाउँपालिका उपाध्यक्ष सपना गुरुङको नेतृत्वको छोलीले गर्दी, हाडे, ढेड, सहर जातका माछा खोलामा छाडेको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले पारिस्थितिक प्रणाली बचोस् र भोलिका दिनमा माछा मारेरै जीवन निर्वाह गरेका यहाँका नागरिकले जीविकोपार्जन गर्न सकुन् भन्ने उद्देश्यले खोलामा माछाको भुरा हालेको बताउनुभयो । 

माछाका भुरा छाड्नाले आर्थिक आर्जन सहज हुने बताउँदै अर्यालले हरेक बर्ष माछाका भुरा छाडिनेगरेको बताउनुभयो । पालिकाले खोलामा माछाका भुरा छाडेसँगै माछा मार्न अर्को सूचना नगरेसम्मका लागि रोक लगाएको छ । पालिकाले खोलामा माछा भुरा छाड्ने केही समयमा खोलामा जालीबाट मार्नेलाई तीनसय र बल्छी हाल्नेलाई एकसय लिएर आयआर्जन गर्दैआएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

भोलिदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको तयारी पुरा, पहिलोपटक डीआरएस प्रयोग हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल...

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...