दरौखोला तथा गडयौली खोलामा माछाका भुरा छाडिए

Published on

काठमाडौं । अर्जुन चौपारी गाउँपालिकाले दरौखोला तथा गडयौली खोलामा माछाका भुरा छाडेको छ । यहाँको गड्यौली खोलामा १५ हजार र दरौखोलामा ६० हजार गरेर ७५ हजार विभिन्न जातका माछाका भुरा छाडिएका हुन् ।  गाउँपालिकाले कालीगण्डकी मत्स्य ह्याचरीसँग सहकार्य गरेर गाउँपालिका उपाध्यक्ष सपना गुरुङको नेतृत्वको छोलीले गर्दी, हाडे, ढेड, सहर जातका माछा खोलामा छाडेको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले पारिस्थितिक प्रणाली बचोस् र भोलिका दिनमा माछा मारेरै जीवन निर्वाह गरेका यहाँका नागरिकले जीविकोपार्जन गर्न सकुन् भन्ने उद्देश्यले खोलामा माछाको भुरा हालेको बताउनुभयो । 

माछाका भुरा छाड्नाले आर्थिक आर्जन सहज हुने बताउँदै अर्यालले हरेक बर्ष माछाका भुरा छाडिनेगरेको बताउनुभयो । पालिकाले खोलामा माछाका भुरा छाडेसँगै माछा मार्न अर्को सूचना नगरेसम्मका लागि रोक लगाएको छ । पालिकाले खोलामा माछा भुरा छाड्ने केही समयमा खोलामा जालीबाट मार्नेलाई तीनसय र बल्छी हाल्नेलाई एकसय लिएर आयआर्जन गर्दैआएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...