२०२७ सम्ममा रूसी ग्यासमा प्रतिबन्ध लगाउने युरोपियन युनियनको तयारी

Published on

काठमाडौं । युरोपेली युनियनका सांसद तथा सदस्य राष्ट्रले सन् २०२७ सम्ममा युरोपेली युनियनमा रूसी ग्यासको आयातमा प्रतिबन्ध लगाउने सम्झौतामा सहमति जनाएका छन् । यो सम्झौताले सदस्य राष्ट्र र युरोपेली संसदबिचको संयुक्त प्रयासलाई सफल बनाएको छ जसले प्रतिबन्ध चाँडै लगाउन चाहन्थ्यो । युरोपेली परिषद्को अध्यक्षतामा युरोपेली संसद्का प्रतिनिधिले रूसी प्राकृतिक ग्यासको आयातलाई चरणबद्धरूपमा हटाउन सम्झौतामा पुगेको युरोपेली परिषद्ले एक विज्ञप्तिमार्फत जनाएको छ । यस सम्झौताकोे उद्देश्य “युरोपेली ऊर्जा बजारमा महत्वपूर्ण प्रभाव पार्ने ग्यास आपूर्तिको रूस शस्त्रीकरणपछि रूसी ऊर्जामा निर्भरता अन्त्य गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । 

दीर्घकालीन सम्झौतामा प्रतिबन्ध सन् २०२७ नोभेम्बर-१ देखि पाइपलाइनद्वारा ल्याएको ग्यासकाे र सन् २०२७ जनवरी-१, देखि तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को लागि लागू हुने जनाइएको छ । छोटो अवधिका लागि सन् २०२६ अप्रिल-२५ देखि एलएनजी र सन् २०२६ जुन-१७ देखि पाइपलाइन ग्यासमा प्रतिबन्ध लगाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...