एनपिएल : काठमान्डुद्वारा पोखरालाई १६६ रनको चुनौतीपूर्ण लक्ष्य

Published on

काठमाडौं । बेन चार्ल्सवर्थ र भिम सार्की चम्किएपछि नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई एक सय ६६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । काठमान्डुका लागि ओपनर बेन चार्ल्सवर्थले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ५५ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा उक्त रन नबाउनुभएको हो ।

यस्तै भिम सार्कीले पनि ५५ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।  उहाँले २३ बलमा पाँच चौका र चार छक्का हान्नुभयो ।  मिलिन्ड कुमारले १३ रन जोड्नुभयो । बलिङमा पोखराका धनञ्जय लक्ष्मणले चार विकेट लिनुभयो । कुशल भुर्तेलले दुई तथा किरण ठगुन्ना र विपिन कार्कीले एक एक विकेट लिनुभयो । 

यसअघि ६ खेलबाट आठ अङ्क बनाएको काठमान्डु आजको खेल जितेर प्लेअफ यात्रा सुरक्षित बनाउने तयारीमा छ । यस्तै पाँच खेलबाट चार अङ्क मात्र बनाएको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । आजै अपरान्ह ४ बजे हुने अर्को खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुनेछ ।  गोरखापत्र

spot_img

ताजा समाचार

अविरल वर्षाका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौँ – अविरल वर्षाका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । नाम्सीखोला...

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ-  सङ्घीय संसद्का दुवै सदनको बैठक सोमबार बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

पितृ सम्झने पर्व सोह्रश्राद्ध सुरु, पशुपतिनाथमा तर्पण र पिण्डदान गर्नेको चहलपहल

काठमाडौं – हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित...