चार वर्षपछि मोदी–पुटिन भेट : बदलिँदो विश्व परिवेशमा भारत–रुस साझेदारीको नयाँ मूल्यांकन

Published on

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भारतीय भूमिमा चार वर्षपछि भएको भेटलाई सामान्य कूटनीतिक शिष्टाचारभन्दा धेरै, दुवै देशले आफ्नो पुरानो सम्बन्धलाई नयाँ विश्व व्यवस्थाको पृष्ठभूमिमा पुनः मूल्यांकन गर्ने अवसरका रूपमा हेरिएको छ। सन् २०२१ डिसेम्बरपछि पहिलोपटक भारत आएका राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री मोदीले प्रोटोकल तोडेर व्यक्तिगत रूपमा स्वागत गर्नु, एउटै सवारी साधनमा प्रधानमन्त्री निवाससम्म सँगै यात्रा गर्नु तथा भगवद्गीताको रुसी भाषामा अनुदित प्रतिलिपि उपहार दिनुले भेटको आत्मीयता झल्किएको छ।

पालम विमानस्थलमा गरिएको गर्मजोशीपूर्ण स्वागत, सांस्कृतिक प्रस्तुतिहरू र मोदी–पुटिनबीचको हार्दिक आलिङ्गनले दुवै मुलुकबीचको ‘समय–परीक्षित’ मित्रताको सन्देश झनै प्रस्ट भएको छ। राष्ट्रपति पुटिन डिसेम्बर ५ सम्म भारतमा हुनेछन्। यस क्रममा २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलन, राष्ट्रपति भवनमा हुने औपचारिक समारोह, गार्ड अफ अनर तथा राजघाटमा श्रद्धाञ्जलि कार्यक्रम प्रमुख रहनेछन्। हैदराबाद हाउसमा सीमित र विस्तारित वार्तामार्फत द्विपक्षीय तथा क्षेत्रीय मुद्दामा गहन छलफल हुने अपेक्षा छ। पूर्व कूटनीतिज्ञ अरुण सिंहका अनुसार भारत–रुस सम्बन्ध राजनीतिक विश्वास, रक्षा सहयोग र दीर्घकालीन साझेदारीमा आधारित भएकाले यो भ्रमण विशेष महत्त्वपूर्ण छ। संयुक्त राष्ट्रसंघमा भारतप्रति रुसले दिएको निरन्तर समर्थनले पनि दुबैबीचको साझेदारी मजबुत भएको उल्लेख गरिएको छ।

भारत प्रस्थानअघि पुटिनले प्रधानमन्त्री मोदीको दृढ नेतृत्व, स्पष्ट दृष्टि र बाह्य दबाब नमान्ने क्षमताको प्रशंसा गर्दै भारतलाई उदाउँदो विश्व शक्तिका रूपमा वर्णन गरेका थिए। युक्रेन द्वन्द्वपछि पुटिनको यो पहिलो विदेश भ्रमण भएकाले अन्तर्राष्ट्रिय समुदायले पनि यसलाई विशेष ध्यानका साथ हेरेको छ। व्यापार, रक्षा, विज्ञान–प्रविधि, शिक्षा, कृषि तथा सांस्कृतिक क्षेत्रलगायत विविध विषयमा महत्वपूर्ण सम्झौता हुने अपेक्षा गरिएको छ। क्रेमलिन र भारतीय विदेश मन्त्रालय अनुसार यो भ्रमणले विशेष तथा विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई थप सुदृढ गर्ने, विगतको प्रगतिमाथि समीक्षा गर्ने र विश्व तथा क्षेत्रीय मुद्दामा दुवै पक्षबीच धारणा आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...