दमौलीमा खेलकुद महोत्सव हुने

Published on

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) तनहुँको आयोजनामा मङ्सिर २५–२६ मा दमौलीमा खेलकुद महोत्सव हुने भएको छ । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा एन प्याब्सन तनहुँले प्रतियोगिता सम्बन्धी सबै जानकारी सार्वजनिक गराएकाे हाे । एन प्याब्सन तनहुँका अध्यक्ष विश्वेश्वर खनालका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा लगभग तीन लाख ५० हजारदेखि चार लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।  प्रतियोगिताको मुख्य उद्देश्यका बारेमा केन्द्रीय उपाध्यक्ष तिलकबहादुर चौहानले भन्नुभयो, “निजी विद्यालयले केवल किताबी ज्ञान मात्र होइन, खेलकुद र अनुशासनमार्फत विद्यार्थीको चौतर्फी विकास गर्नुपर्छ, यही सोचका साथ प्रतियोगिता आयोजना गरिएको हो ।”

उक्त प्रतियोगितामा २६ स्वर्ण पदकको व्यवस्था गरिएको छ भने लगातार तीन पटक विजेता बनेका विद्यालयलाई  शिल्ड प्रदान गरिनेछ । प्रतियोगितामा २८ विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन् । एन प्याब्सनका उपाध्यक्ष प्रकाश खड्का, विश्वास केसी र सचिव ऋषिकेश केसीले प्रतियोगितालाई निरन्तरता दिँदै विद्यार्थीहरूको अतिरिक्त विकासका लागि भावी वर्षहरूमा पनि यही कार्यक्रम जारी राखिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पत्रकार सम्मेलनमा जानकारी अनुसार प्रतियोगितामा उत्कृष्ट सहभागी सङ्ख्या, झाँकी र अनुशासन देखाएका विद्यालयलाई दुई-दुई हजार रुपियाँ नगद र प्रमाणपत्र प्रदान गरिनेछ । उद्घघाटन समारोहमा एन प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा प्रमुख अतिथि हुने जानकारी पनि दिइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...