दक्षिण कोरियाका राष्ट्रपति ऐतिहासिक ‘ब्लू हाउस’मा फर्कने प्रक्रिया सुरु

Published on

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति ली जाई म्युङ र उहाँको टोलीले सियोलस्थित ऐतिहासिक ब्लू हाउसबाट पुनः राष्ट्रपतिको दैनिक काम कारबाही सञ्चालन गर्ने भएको छ । यसका लागि सरकारले राष्ट्रपतिको कार्यालयसँग समन्वय गरी प्रक्रिया सुरु गरेको छ । “उहाँका पूर्ववर्ती युन सुक योलले भवनलाई ‘साम्राज्यवादी’अवशेष भएको भन्दै कार्यालयलाई अन्यत्र सारी त्यहीँबाट राष्ट्रपतिको रूपमा सेवामा सरिक हुँदै आउनुभएको थियो,” एक अधिकारीले मङ्गलबार बताए । कोरियन भाषामा च्योङ वा डे भनिने ब्लू हाउसको छतमा करिब एक लाख ५० हजार हातले रङ्गिएको नीलो टाइलले सजिएको छ र यो दक्षिण कोरियाली राष्ट्रपतिसँग लामो समयदेखि सम्बन्धित छ ।

पहिले जापानको उपनिवेशकालीन शक्तिका प्रतिनिधिले यसलाई ओगटेको थियो र यो स्थलले सात दशकसम्म दक्षिण कोरियाका राष्ट्र प्रमुखलाई सेवा गर्ने अवसर दिएको थियो । पूर्व राष्ट्रपति युनले यसलाई आफ्नो घर र कार्यालयको रूपमा प्रयोग नगर्ने निर्णय गर्दै यसलाई सार्वजनिक सङ्ग्रहfलयका रूपमा खुला गरी सट्टामा अलग स्थानमा सर्नुभएको थियो । अप्रिलमा असफल र छोटो ‘मार्शल ल’ लागु गरेपछि पदबाट हटाइएको थियो । त्यसको केही महिनापछि दक्षिण कोरियाली मतदाताले नियमित समयअगावै गरिएको निर्वाचनमा राष्ट्रपतिका रूपमा लीलाई निर्वाचित गरेका थिए । लीले निर्वाचित भएमा राष्ट्रपति कार्यालय र आवास दुवै ब्लू हाउसमा फर्काउने प्रतिज्ञा गर्नुभएको थियो । 

यो प्रक्रिया सोमबार सुरु भएको थियो र क्रिसमससम्म पूरा गरिने उहाँको कार्यालयले एएफपीलाई जनाएको छ । सुरक्षा कारणले राष्ट्रपति आफ्नो नयाँ आवासमा आधिकारिकरूपमा सर्न केही समय लाग्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघिका शासकलाई परेको दुर्भाग्य, हत्या, महाभियोग र जेल सजायले पनि योगदान पुर्‍याएको ब्लू हाउस लामो समयदेखि सार्वजनिक चासोको विषय रहँदै आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...