गृहमन्त्री अर्याल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवबिच शिष्टाचार भेट

Published on

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर मामिला हेर्नुहुने) मुनु महावरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। गृह मन्त्रालयमा मङ्गलबार भएको भेटमा उहाँहरूबिच नेपाल–भारतबिच कायम रहेको द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको छ। आइतबार नेपाल आइपुग्नु भएका महावरले गृहमन्त्री अर्यालसँगको भेटमा आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । आगामी निर्वाचनका लागि आवश्यक पर्ने स्रोत साधन र सुरक्षा निकायलाई आवश्यक पर्ने बन्दोबस्त सामग्री सहयोग गर्ने प्रतिबद्धतासमेत सचिव महावले व्यक्त गर्नुभएको छ । 

भेटमा अतिरिक्त सचिव महावरले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विभिन्न विपद बाट क्षति भएका संरचनाहरूको पुनर्स्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। भैरहवामा निर्माण हुँदै गरेको एकीकृत जाँच चौकीको निर्माण र नेपालमा भारतीय लगानीमा सञ्चालित परियोजनालाई समयमै सम्पन्न गर्न सघाउने समेत विचार उहाँले राख्नु भएको छ। यस्तै भेटमा अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निम्तोसमेत दिनुभएको छ। भेटकै क्रममा गृहमन्त्री मन्त्री अर्यालले दोधारा–चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामलाई पनि तीव्रता दिनुपर्नेमा चासो व्यक्त गर्नुभयो। भेटमा गृह मन्त्री अर्यालले अहिलेको सरकार सुशासन, कानुन कार्यान्वयन, सेवा प्रवाह र जनताको अमन चयन र अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको बताउनुभयो।  

सीमा क्षेत्रमा हुने अपराध, चोरी डकैती, अवैध वस्तु व्यापारको ओसारपसारमा नियन्त्रण र आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि दुवै पक्षका सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि गर्ने, काउन्टर पार्टहरूमा सूचना आदानप्रदान प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। यस्तै भेटमा मन्त्री अर्यालले काभ्रेको पनौतीमा बन्दै गरेको नेपाल प्रहरी प्रतिष्ठानकोकार्यलाई दुवै पक्षबाट तीव्रता  दिनुपर्ने विचार व्यक्त गर्नुभयो।  गोरखापत्र

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...