कम्बोडियाको आर्थिक वृद्धि सीमा विवाद र अमेरिकी शुल्क वृद्धिका कारण सुस्त : विश्व बैङ्क

Published on

काठमाडौं । सम्पत्ति क्षेत्रमा गिरावट, थाइल्यान्डसँगको सीमा विवाद र अमेरिकी शुल्क वृद्धिले कम्बोडियाको आर्थिक वृद्धिमा बाधा पुर्‍याएको विश्व बैङ्कको आर्थिक प्रतिवेदनले जनाएको छ । कम्बोडियाको अर्थतन्त्र सन् २०२५ मा ४.८ प्रतिशतले बढ्ने अनुमान विश्व बैङ्कले गरेको थियो जुन सन् २०२४ मा ६ प्रतिशत थियो । सम्पत्ति बजार मन्दीले घरेलु माग र निर्माण गतिविधिलाई कमजोर बनाएको तथा सीमा तनावले श्रम बजार र पर्यटनलाई अवरुद्ध गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  गत अगस्ट-१ मा, संयुक्त राज्य अमेरिकाले कम्बोडियाबाट आयात गरिएका सबै सामानमा १९ प्रतिशत शुल्क लगाएको थियो । “कम्बोडियाले संयुक्त घरेलु र बाह्य कारणबिच एक चुनौतीपूर्ण अवधिमा यात्रा गरिरहेको कम्बोडियाका लागि विश्व ब्याङ्ककी कन्ट्री म्यानेजर तानिया मेयरले बताउनुभएको छ । 

उहाँले व्यापार वातावरण सुधार गरी अनौपचारिक उद्यमलाई समर्थन गर्न र रोजगारी सिर्जना गर्न अत्यावश्यक रहेको बताउनुभएको छ । प्रतिवेदनका अनुसार कम्बोडियाको अन्तर्राष्ट्रिय भण्डारको अवस्था सामान्य छ भने लगभग ७.५ महिनाको आयातलाई समेटेको छ । यसै गरी सार्वजनिक ऋण घरेलु उत्पादन (जीडीपी) को लगभग २६ प्रतिशत भन्दा कम छ । यस वर्ष मुद्रास्फीति औसत २.७ प्रतिशतमा रहेको र विदेशी प्रत्यक्ष लगानी प्रवाह २८.४ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...