नेत्रलाल स्मृति भवन समुदायलाई हस्तान्तरण तयारीमा

Published on

काठमाडौं । घोराही उपमहानगरपालिका–१७, गुलरियास्थित सहिद स्मारक पार्क तथा सांस्कृतिक सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको नेत्रलाल स्मृति भवनको निर्माण काम सम्पन्न भएको छ । भवन निर्माणको सकिएपछि समुदायलाई हस्तान्तरण गर्ने तयारी भएको छ  । भवन निर्माणका अधिकांश काम सम्पन्न भइसकेका सहरी विकास तथा भवन कार्यालयका निमित्त प्रमुख ईश्वरीप्रसाद देवकोटाले जानकारी दिनुभयो । “केही साना काम बाँकी छन्, अबको १८–२० दिनभित्र सबै काम सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ,” देवकोटाले भन्नुभयो ।

सांस्कृतिक सङ्ग्रहालय तथा बृहत् पुस्तकालय राख्ने उद्देश्यले २०७७ माघमा भवन निर्माणको सम्झौता गरिएको थियो । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले निर्माणमा ढिलाइ भएको थियो । तर अहिले भवन पूर्ण रूपमा संरचनात्मक रूपमा तयार भइसकेको र अन्तिम तयारी मात्र बाँकी रहेको उहाँले जानकारी दिनुभयो । झण्डै साढे तीन करोड रुपियाँ लागतमा बनेको दुईतले यो भवन समुदायको सांस्कृतिक गतिविधि तथा अध्ययन अनुसन्धानका लागि प्रयोग गरिनेछ । घोराही उपमहानगरपालिका–१७ का वडा अध्यक्ष रामलौटन चौधरीका अनुसार भवनको एउा तल्लामा सांस्कृतिक सङ्ग्रहालय स्थापना गर्ने र अर्को तल्लामा पुस्तकालय वा बहुउद्देश्यीय हल सञ्चालन गर्ने योजना छ । “स्मृति भवनले स्थानीय समाज, संस्कृति र इतिहास संरक्षणको केन्द्रको रूपमा काम गर्नेछ,” चौधरीले भन्नुभयो । निर्माण सम्पन्न भएपछि भवन पार्क समितिमार्फत समुदायलाई हस्तान्तरण गरिने तयारी भएको हो । भवन सञ्चालनमा आएपछि क्षेत्रको सांस्कृतिक गतिविधि, पर्यटन र अध्ययन–अनुसन्धान प्रवर्धनमा टेवा पुग्ने अपेक्षा गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...