लिबियाका सेना प्रमुखसहित पाँच उच्च सैनिक अधिकारीको मृत्यु

Published on

काठमाडौं । लिबियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अलि अहमद अल–हद्दादसहित पाँच जना उच्च सैनिक अधिकारीको विमान दुर्घटनामा पनि निधन भएको छ । लिबियाका प्रधानमन्त्री अब्दुल हमिद द्बेइबाहले टर्कीको राजधानी अंकारा नजिकै विमान दुर्घटनाको पुष्टि गर्नुहुँदै राष्ट्रका लागि ठुलो क्षति भएको बताउनुभएको छ । टर्कीका गृहमन्त्री अली येरलिकायाकाअनुसार फाल्कन ५० प्रकारको व्यवसायिक जेट विमान (टेल नम्बर ९ एच–डीएफजे) अंकाराको एसिनबोगा विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ८ः१० बजे त्रिपोलीका लागि उडेको थियो । उडानको केही समयपछि नै चालक दलले हायमाना क्षेत्र नजिकै आपत्कालीन अवतरणको अनुरोध गरेको थियो । तर साँझ ८ः५२ बजेपछि विमानसँग सम्पर्क टुटेको थियो । टर्कीका सुरक्षा फौजले अंकाराको हायमाना जिल्लास्थित केसिककावाक गाउँ नजिकै विमानको भग्नावशेष फेला पारेका थिए ।

प्रारम्भिक अनुसन्धानमा विद्युतीय खराबी (इलेक्ट्रिकल फेलियर) कारण दुर्घटना भएको देखिएको छ र तोडफोडको सम्भावना नरहेको टर्की अधिकारीहरूले बताएका छन् । लिबियाका सेना प्रमुख अल–हद्दाद टर्कीमा उच्चस्तरीय सैनिक वार्ताका लागि जानुभएको थियो । मङ्गलबार नै उहाँले टर्कीका रक्षा मन्त्री यासार गुलेर र टर्कीका सेना प्रमुख सेल्चुक बायराक्तारोग्लुसँग भेटघाट गर्नुभएको थियो । दुबै देशबिच सैनिक तथा सुरक्षा सहकार्यलाई मजबुत बनाउने उद्देश्यले यो भ्रमण भएको थियो । निधन हुने अन्य अधिकारीहरूमा स्थल सेनाका प्रमुख मेजर जनरल अल–फितौरी घ्रिबेल, सैनिक उत्पादन प्राधिकरणका निर्देशक ब्रिगेडियर जनरल महमुद अल–कताउइ, सेना प्रमुखका सल्लाहकार मोहम्मद अल–असावी दियाब र सेना प्रमुखको मिडिया कार्यालयका फोटोग्राफर मोहम्मद ओमार अहमद महजुब रहनुभएको छ ।

विमानमा तीन जना चालक दलका सदस्य पनि हुनुहुन्थ्यो र सबैको निधन भएको अनुमान गरिएको छ । प्रधानमन्त्री द्बेइबाहले घटनाको पूर्ण छानबिन गर्ने र टर्कीमा एक प्रतिनिधिमण्डल पठाउने बताउनुभएको छ । लिबियाको राष्ट्रिय एकता सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । यो घटनाले लिबियाको सैनिक नेतृत्वमा ठुलो क्षति पुगेको छ । अल–हद्दाद सन् २०२० देखि लिबियाको सेना प्रमुखको रूपमा नियुक्त हुनुभएको थियो र देशको स्थिरताका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...