मधेशमा सामाजिक सुरक्षाका लागि रणनीतिक कार्ययोजना निर्माण गरिँदै

Published on

काठमाडौं । मधेश प्रदेशमा सामाजिक सुरक्षाका लागि रणनीतिक कार्ययोजना निर्माण गर्न लागिएको छ । मधेश प्रदेश सरकारले मधेशमा समावेशी, दिगो र न्यायसंगत सुरक्षा प्रणालीको विकास गरी सबै नागरिकको जिवनस्तर उकास्ने उद्देश्यले रणनीतिक कार्ययोजना निर्माण गर्न लागेको हो । मधेश सरकारको खेलकुद तथा समाजकल्याण मन्त्रालयको आयोजना, लाइफ नेपालको समन्वय तथा युरोपियन युनियन र संयुक्त राष्ट्र संघ (युनिसेफ)को सहयोगमा सशक्त महिला समृद्ध नेपाल कार्यक्रमअन्तर्गत मङ्गलबार साँझ जनकपुरधाममा भएको मधेशमा सामाजिक सुरक्षाका लागि रणनीतिक कार्ययोजनासम्बन्धी तयार पारिएको मस्यौदा माथिको छलफल कार्यक्रममा प्रदेश सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मस्यौदा माथिको छलफलको क्रममा बोल्दै उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव जयकुमार घिमिरेले राज्यले सबैलाई सम्मान सरंक्षण गर्नुपर्ने भन्दै आवश्यकता भएका व्यक्तिलाई सामाजिक सुरक्षामा पहुँच बढाउने किसिमले रणनीतिक कार्ययोजना निमार्ण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको अध्यक्षता गर्नुभएका खेलकुद तथा समाज कल्याण मन्त्रालयका उपसचिव धमेन्द्र लाल कर्णले सामाजिक सुरक्षा भत्ता कस कसलाई प्रदान गर्ने विषयमा डाटाको अभाव रहेको भन्दै प्रदेश सरकारले डाटाका लागि आफैँ जनगन्ना गराउनुपर्ने बताउनुभयो । मधेश प्रदेशका सबै मन्त्रालयका प्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधि सहभागि रहेको उक्त छलफल कार्यक्रममा समूह बनाएर मस्यौदामा छुटेका विषय वस्तुहरु सुझावका रुपमा सङ्कलन गरिएको थियो । कार्यक्रममा सहभागिहरु बाट आएका सुझावहरुलाई समेटेर मस्यौदालाई अन्तिम रुप दिने कार्यक्रमको सहजीकरण गर्नु भएका डा.दिपेश घिमिरेले बताउनुभयो । छलफल अघि लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले सामाजिक सुरक्षा रणनीतिक कार्ययोजनासम्बन्धी मस्यौदा मन्त्रालयलका उपसचिव कर्णलाई हस्तान्तरण गर्नु भएको थियो । गोरखापत्र 

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...