चक्रपथ निर्माणमा दबाब दिन म्याराथन प्रतियोगिता

Published on

काठमाडौं । नवलपुरमा पुष १२ गते आलोक स्मृति म्याराथन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा गण्डकी प्रदेश खेलकुद परिषद्को प्रवर्धनमा ४२ किलोमिटरको आलोक स्मृती राष्ट्रिय म्याराथन प्रतियोगिता हुन लागेको हो । त्यसैगरी पुरुषका लागि १० किलोमिटर र महिलाका लागि ५ किलोमिटरको ‘दौडिन्छ नवलपुर’ भन्ने प्रतियोगिता पनि हुने छ । गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माका अनुसार राष्ट्रिय म्याराथनमा ७ वटा प्रदेश र तीन विभागीय टिमका खेलाडीले भाग लिने छन् । साथै यसअघि म्याराथनमा भाग लिएका  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले पनि भाग लिने बताइएको छ । 

कावासोतीको डण्डा बजारदेखि हुप्सेकोट, झ्यालवास, गिरवारी, मध्यविन्दुको चोरमारा, पनौती, कोल्हुवा, चौराहा, गोछडा हुँदै डण्ड आएर दौड टुङ्गिने छ । खेलकुदसँग जोडेर नवलपुरमा रहेका पर्यटकीय क्षेत्रको प्रवर्धनमा तथा आलोक चक्रपथ निर्माणमा दबाब दिन प्रतियोगिता गर्न लागिएको सदस्य सचिव शर्माले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्धितीय हुनेले ३० हजार र तृतीय स्थान हासिल गर्नेले २० हजार रुपियाँ प्राप्त गर्ने छ । त्यसैगरी ‘दौडिन्छ नवलपुर’ प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी हुनका लागि आज साँझ ५ बजेभित्र नाम दर्ता गराउन आयोजकले अनुरोध गरेको छ । लामो समयसम्म पनि आलोक चक्रपथ निर्माणको काम अघि नबढेकाले खेलकुदमार्फत यो चक्रपथको निर्माण कार्य अघि बढाउनका लागि दबाब दिने उद्देश्यले प्रतियोगिता गर्न लागिएको कावासोती–१६ का अध्यक्ष आनन्द श्रेष्ठले बताउनु भयो ।

झ्यालवास–डण्डा, डण्डा–कोल्हुवा, कोल्हुवा–चोरमारा, चोरमारा–झ्यालवासको आलोक चक्रपथ निर्माणको काम अघि बढ्न सकेको छैन । ३८.४७ किलोमिटर लम्बाई रहेको यो चक्रपथ निर्माणका लागि पहिलो चरणमा झण्डै ४० करोड रुपियाँ लागतमा झ्यालवास–डण्डाको ८.६ किलोमिटर सडक स्तरोन्नती गर्ने भनिएको थियो । एशियाली विकास बैँक (एडिबी) को लगानीमा बन्ने यो चत्रपथ सहरी विकास मन्त्रालय अन्तर्गत ग्रामिण सडक सुधार आयोजना पोखरा कार्यान्वयन गर्ने एकाइ हो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...