उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

Published on

काठमाडौं । उत्तर कोरियाले आणविक-सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको सङ्केत दिएको छ । राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरमा धेरै हदसम्म पूरा भएको पनडुब्बीको बाहिरी संरचना देखिन्छ । यस क्रममा नेता किम जोङ उनले दक्षिण कोरियाले यस्तै प्रविधि हासिल गर्न दबाब दिइरहेको भन्दै कडा आलोचना गर्नु भएको छ । उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किमले आठ हजार ७०० टन क्षमताको आणविक-प्रोपेल्ड पनडुब्बी निर्माण भइरहेको एक शिपयार्डको निरीक्षण गर्नु भएको हो । उहाँले यस पनडुब्बीलाई उत्तर कोरियाली नौसेनाको आधुनिकीकरण र आणविक प्रतिरोध क्षमताका लागि अत्यन्तै महत्वपूर्ण कदमका रूपमा वर्णन गर्नुभयो । उत्तर कोरियाले यसलाई ‘रणनीतिक निर्देशित मिसाइल पनडुब्बी’ वा ‘रणनीतिक आणविक आक्रमण पनडुब्बी’ भन्दै भविष्यमा आणविक हतियारले सुसज्जित गर्ने योजना रहेको सङ्केत दिएको छ ।

निरीक्षणका क्रममा उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा दक्षिण कोरियाले आफ्नै आणविक–सञ्चालित पनडुब्बी प्राप्त गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसलाई उत्तर कोरियाको सुरक्षा र समुद्री सार्वभौमिकतामाथिको ‘आक्रामक कार्य’ भन्नुभयो । उहाँका अनुसार यस्ता योजनाले उत्तर कोरियालाई आफ्नो नौसेना र आणविक प्रतिरोध क्षमता अझ सशक्त बनाउन बाध्य बनाएको छ । राज्य मिडियाले किमले कहिले शिपयार्ड भ्रमण गर्नु भएको हो भन्ने स्पष्ट नगरे पनि सार्वजनिक तस्बिरमा उहाँले वरिष्ठ अधिकारी र आफ्नी छोरीसँगै विशाल जहाजको निरीक्षण गरिरहेको देखिन्छ । मार्चपछि पहिलो पटक पनडुब्बीको स्पष्ट तस्बिर सार्वजनिक गरिएको हो । पनडुब्बी कहिले पूर्णरूपमा तयार हुन्छ भन्ने खुल्न नसके पनि दक्षिण कोरियाका विज्ञका अनुसार बाहिरी संरचना लगभग तयार देखिनु भनेको इन्जिन र सम्भावित रिएक्टर जस्ता मुख्य प्रणालीभित्रै जडान भइसकेको सङ्केत हुन सक्छ । हानयाङ विश्वविद्यालयका पनडुब्बी विशेषज्ञ मुन केउन-सिकका अनुसार यो जहाज केही महिनाभित्र समुद्र परीक्षणमा जान सक्ने सम्भावना छ ।

आणविक–सञ्चालित पनडुब्बी किमले सन् २०२१ मा घोषणा गर्नुभएको दीर्घकालीन सैन्य लक्ष्यमध्ये एक हो । यस सूचीमा ठोस इन्धनयुक्त अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल, हाइपरसोनिक हतियार, जासुसी उपग्रह र बहुवारहेड मिसाइल पनि समावेश थिए, जसमध्ये केहीमा उत्तर कोरियाले पहिले नै प्रगति गरिसकेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...