नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

Published on

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु कारागारमा भएको घटनापछि विभिन्न मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका एक हजार २८० जना कैदीबन्दी फरार भएका थिए ।कारागार प्रशासनका अनुसार हालसम्म तीमध्ये ७० प्रतिशत कैदीबन्दी स्वेच्छाले वा सुरक्षा निकायको समन्वयमा कारागार फर्किसकेका छन् भने बाँकी ३० प्रतिशत अझै फरार अवस्थामा छन् ।

नख्खु कारागारका प्रमुख दीर्घराज उपाध्यायका अनुसार फरार कैदीबन्दीको खोजीकार्य निरन्तर जारी छ ।उहाँले भन्नुभयो, “फरार कैदीबन्दीको खोजी नेपालभित्र मात्र नभई मुलुक बाहिरसम्म पनि भइरहेको छ । कानुनअनुसार सबै फरार कैदीबन्दीलाई कारागार फर्काउने अभियानमा हामी सक्रिय छौँ ।”कारागार विभागले तोकेको समयसीमा अनुसार गत असोज २० गतेसम्म कारागारमा नफर्कने कैदीबन्दीलाई कारागार ऐन, २०७९ तथा अन्य प्रचलित कानुनअनुसार कारबाही गरिने जानकारी यसअघि सार्वजनिक गरिएको थियो । कारागार प्रशासनले फरार कैदीबन्दीको खोजी तथा नियन्त्रणमा सहयोग गर्न कैदीबन्दीका परिवारजन, सुरक्षा निकाय, स्थानीय तह, सञ्चारमाध्यम, सम्बन्धित सरकारी कार्यालय तथा सरोकार भएका सबै पक्षलाई सहयोगका लागि आग्रह गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...