ऐरावती गाउँपालिकामा दिउँसो टिप्पर सञ्चालन रोक

Published on

काठमाडौं । प्युठानको ऐरावती गाउँपालिकाले पालिका क्षेत्रको मुख्य सडकमा दिउँसोको समयमा टिप्पर सञ्चालन गर्न रोक लगाएको छ । गाउँपालिकाले चेरनेटा–बरौला–जोगिटारी सडकमा बिहान ८ देखि बेलुका ५ बजेसम्म टिप्पर सञ्चालनमा रोक लगाएको हो । मङ्सिर २३ गते बसेको कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्न पालिकाले सूचना जारी गरेर उक्त समय बाहेक रातीको समयमा मात्र टिप्पर सञ्चालन गर्न पाउने जनाएको छ । बेलुका ५ बजेपछि बिहान ८ बजेसम्म मात्र टिप्पर चलाउन दिने निर्णय भएको गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले बताउनुभयो । टिप्परले दुर्घटनाको जोखिम बढाएको व्यापक जनगुनासो आएपछि पालिकाले समयतालिका बनाएर लागू गर्न खोजेको अध्यक्ष शाहले बताउनुभयो ।

उक्त सडक खण्डमा पछिल्लो समय निर्माणका सामग्री बोक्ने टिप्पर नियमित रुपमा चल्दै आएका छन् । प्युठानबाट अर्घाखाँची निर्माणको सामानी ढुवानी हुने गर्ने टिप्परले सडक क्षेत्र आसपासका सर्वसाधारणले हैरानी भोगेको गुनासो गर्ने गरेका छन् । “सामान्य दुर्घटना त धेरै नै भइसकेको छ,” ५ नम्बर वडाका वडा अध्यक्ष चन्द्रबहादुर रोकामगरले भन्नुभयो, “ठुलो दुर्घटना भएको छैन, जोखिम भने धेरै छ ।” स्थानीयले टिप्परको विषयलाई लिएर निकै गुनासो गर्ने गरेको वडा अध्यक्ष रोकामगरले बताउनुभयो ।

चेरनेटा–बरौला सडक खण्डको कैरन–पकला सडक अघिल्लो वर्ष मात्र कालोपत्रे गरिएको छ । उक्त सडकलाई समेत अत्याधिक भार बोकेका टिप्परले बिगारेको स्थानीयको भनाइ छ । दर्जनभन्दा बढी टिप्पर एकसाथ चल्ने हुँदा पक्की सडक बिग्रने भन्दै स्थानीय चिन्तित छन् । निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरिएको गाउँपालिकाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...