कम्बोडिया थाइल्यान्डसँगको युद्धविराम लागु गर्न प्रतिबद्ध : हुन सेन

Published on

काठमाडौं । सामडेक टेको सत्तारूढ कम्बोडियन पिपुल्स पार्टीका अध्यक्ष हुन सेनले बुधबार दुवै राष्ट्रका लागि शान्ति पुनस्र्थापना गर्न थाइल्यान्डसँगको युद्धविराम कडाईका साथ र पूर्ण रूपमा कार्यान्वयन गर्न कम्बोडिया प्रतिबद्ध रहेको बताउनु भएको छ ।सिनेटका अध्यक्ष हुन सेनले कम्बोडिया र थाइल्यान्डबिच शान्ति पुनस्र्थापनाले यस क्षेत्रको शान्ति, सुरक्षा, स्थिरता र समृद्धिमासमेत योगदान पुर्याउने बताउनु भएको छ । कम्बोडियाको तर्फबाट उहाँले सबै मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदाय, विशेष गरी संयुक्त राज्य अमेरिका, जन गणतन्त्र चीन, र आसियान अध्यक्षको रूपमा मलेसियाको समन्वयमा आसियान सदस्य राष्ट्रको सक्रिय सहयोग र सहभागिताको लागि कृतज्ञता व्यक्त गर्नु भएको छ । कम्बोडिया र थाइल्यान्डले तीन हप्ताको सशस्त्र द्वन्द्वपछि सन् २०२५ डिसेम्बर–२७ मा तत्काल युद्धविराम गर्न सहमत भएका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...