यमन वार्ताअघि पृथकतावादी नेता भागेको साउदीको दाबी

Published on

काठमाडौं । साउदी अरेबियाले बुधबार यमनका एक प्रमुख पृथकतावादी नेता दक्षिणी यमनको भविष्यबारे वार्ताका लागि राज्यको यात्रा गर्ने भन्दै अज्ञात स्थानतर्फ ‘भागेको’ दाबी गरेको छ । साउदी पक्षका अनुसार उक्त घटनाले यमनमा बढ्दै गएको राजनीतिक तथा सैन्य तनावलाई अझ स्पष्ट बनाएको छ । यमनमा साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल-मल्कीले जारी गर्नु भएको वक्तव्यमा संयुक्त अरब इमिरेट्स (युएई) द्वारा समर्थित दक्षिणी ट्रान्जिसनल काउन्सिल (एसटिसी) र यमन सरकारबिचको पछिल्लो तनावपूर्ण अवस्थालाई उल्लेख गरिएको छ । उहाँका अनुसार काउन्सिलका अध्यक्ष एडारोस अल-जुबैदी साउदी अरेबियाको उडानमार्फत वार्ताका लागि जान लाग्नु भएको थियो । 

तर काउन्सिलका अन्य अधिकारी उडानमा सहभागी भए पनि अल-जुबैदी भने अन्तिम समयमा उडानमा नचढेको साउदी पक्षको भनाइ छ । प्रवक्ता अल-मल्कीले भन्नुभयो, “वैध सरकार र गठबन्धनले अल-जुबैदीले बख्तरबन्द सवारीसाधन, लडाकू सवारी, भारी तथा हल्का हतियार र ठूलो मात्रामा गोलाबारुदसहितको सैन्य परिचालन गरिरहेको सङ्केत गर्ने खुफिया जानकारी प्राप्त गरेका थिए ।” उहाँका अनुसार सोही सूचनापछि अल-जुबैदी ‘अज्ञात स्थानतर्फ भाग्नु भएको’ थियो ।एसटिसीका तर्फबाट भने यस विषयमा तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । काउन्सिलका अधिकारी सम्पर्कमा नरहेको जनाइएको छ । पछिल्ला हप्तामा साउदी अरेबियाले एसटिसीका विभिन्न ठेगानामा हवाई आक्रमण गरेको र ती क्षेत्रमा एमिराटी हतियारको ढुवानी भइरहेको दाबी गरेको थियो । साउदी पक्षको बढ्दो दबाब र यमनबाट हुथी विरोधी फौज फिर्ता लिन अल्टिमेटम दिइएपछि संयुक्त अरब इमिरेट्सले शनिबार आफ्ना सैनिक फिर्ता लिएको जानकारी दिएको छ ।

यमनमा बढ्दो तनावले साउदी अरेबिया र युएईबिचको सम्बन्धलाई थप चिस्याएको देखिन्छ । विशेष गरी लाल सागर क्षेत्रको प्रभाव र रणनीतिक नियन्त्रणका विषयमा अरब प्रायद्वीपका यी छिमेकी मुलुक आर्थिक मुद्दा र क्षेत्रीय राजनीतिमा प्रतिस्पर्धी रहँदै आएका छन् । यद्यपि, साउदी अरेबिया र युएई दुवैले सन् २०१४ देखि यमनको राजधानी सानामा नियन्त्रण जमाउँदै आएका इरानी समर्थित हुथी विद्रोही विरुद्ध लड्ने साझा लक्ष्य रहेको दाबी गर्दै आएका छन् । तर यमनको आन्तरिक शक्ति सङ्घर्ष र पृथकतावादी गतिविधिले उक्त गठबन्धनभित्रकै मतभेद र अविश्वासलाई उजागर गरिरहेको विश्लेषक बताउँछन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...