टिमुरखर्कमा ३९ लाखभन्दा बढीमा मन्दिर निर्माण

Published on

काठमाडौं । पश्चिम गुल्मीको एक गाउँमा कुला कुलपूजा (देवाली) गर्ने मन्दिर निर्माण गरिएको छ। यस जिल्लाको मदाने गाउँपालिका-७, भनभनेको टिमुरखर्कमा बोहरा चन्द बन्धुहरूले देवता राखेर पूजा गर्ने मन्दिर प्यागोडा शैलीमा निर्माण गर्नुभएको हो। झण्डै नौ महिनामा मन्दिर निर्माणको कार्य सम्पन्न गरिएको बोहरा चन्द कुल मन्दिर निर्माण समितिका अध्यक्ष काँशीबहादुर बोहराले जानकारी दिनु भयो। उहाँका अनुसार ३९ लाख पाँच हजार ३३७ रुपियाँ लागतमा तीन तलाको कुल देवताको मन्दिर र कुल घर निर्माण गरिएको छ। अझै तारबार र रङ्गरोगन केहि काम बाँकी रहेको उहाँले बताउनु भयो। दाजुभाइ र चेलीबेटीको सहयोगमा कुल देवताको मन्दिर निर्माण गरिएको हो। 

इँटा, बालुवा, सिमेन्ट, मार्वल र काठ प्रयोग गरी परम्परागत शैलीमा मन्दिर निर्माण गरिएको छ। कुल मन्दिरलाई व्यवस्थितसँगै सञ्चालन गर्नका लागि २०७९ सालमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा बोहरा चन्द कुल मन्दिर दर्ता गरिएको मन्दिर निर्माण समितिका सचिव चुराबहादुर बोहराले जानकारी दिनु भयो। उहाँका अनुसार यस गाउँमा भारद्वाज गोत्रीय बोहरा चन्द बन्धुहरू ४० घर रहेका छन्। यहाँ अन्य स्थानमा रहनु भएका भारद्वाज गोत्रीय बोहरा चन्द बन्धुहरु कुलपूजाका लागि आउने गर्नु हुन्छ। गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...