कांग्रेस विशेष महाधिवेशनमा म्याग्दीबाट बहुमत प्रतिनिधि सहभागी हुने

Published on

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले समर्थन गरेको विशेष महाधिवेशनमा म्याग्दीबाट बहुमत महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । जिल्लामा २६ जना महाधिवेशन प्रतिनिधि छन् । विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते काठमाण्डौंको भृकुटी मण्डपमा विशेष महाधिवेशन आह्वान गरेका छन् । म्याग्दीबाट १६ जना महाधिवेशन प्रतिनिधिले यसअघि नै विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरिसकेका छन् । हस्ताक्षर गरेका सबै प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुने जिल्ला सचिव भरत रकालले जानकारी दिनुभयो । कतिपय महाधिवेशन प्रतिनिधिहरु काठमाडौं पुगिसेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘विशेष महाधिवेशनका पक्षमा यसअघि समर्थन गरेर हस्ताक्षर गरेका सबैजना महाधिवेशनमा भाग लिनुहुनेछ । अन्य केही प्रतिनिधिहरु पनि सम्पर्कमा आएका छन् । विशेष महाधिवेशनलाई समर्थन गर्ने प्रतिनिधिहरुको संख्या अझै बढ्ने अपेक्षा गरेका छौं ।’’जेनजी आन्दोलनपछि पार्टी रुपान्तरणका पक्षमा कार्यकर्ताहरु भएकाले अहिलेको विशेष महाधिवेशन अनिवार्य भएको उहाँको भनाइ थियो । सचिव रकालले पार्टी नेतृत्व अब युवाको काँधमा ल्याउन पनि विशेष महाधिवेशनलाई सफल पार्नुपर्ने बताउनुभयो ।

जिल्ला सभापति खमबहादुर गर्बुजा(खम्बिर) भने पार्टीको संस्थापन तर्फ लाग्नुभएको छ भने संविधानसभा सदस्य समेत रहनुभएका पूर्व जिल्ला सभापति रेशमबहादुर बानियाँ विशेष महाधिवेशनका पक्षमा खुल्नुभएको छ । पार्टीका केही युवा नेताहरु पनि विशेष महाधिवेशनका पक्षमा खुलेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको...

प्रत्यक्षतर्फ चौध जना महिला निर्वाचित

काठमाडौं । यस पटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र...

घरपझोङमा फोहोर प्रशोधन केन्द्र बनाइने

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर संकलन...

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया...